२०८१ बैशाख ८ गते शनिवार

राप्ती लिकर्स यसोसियसनले दियो, ८६ हजार रुपैंया सहयोग

तुलसीपुर,बैशाख २६ । राप्ती अञ्चल लिकर्स यसोसियसन दाङले जिल्लाका बिभिन्न आइसोलेसन र कोभिड अस्पतालहरुलाई नगद ८६ हजार नगद सहयोग प्रदान गरेको छ ।

यसोसियसनले तुलसीपुरको आइसोलेसन अस्पताललाई २५ हजार, घोराहीको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानलाई २५ हजार, लमहीको कोरोना अस्पताललाई २५ हजार र नेपाल पत्रकार महासघं दाङ शाखाको आइसोलेलनका लागि ११ हजार रुपैंया सहयोग प्रदान गरेको छ ।

राप्ती अञ्चल लिकर्स यसोसियसनका अध्यक्ष दामोदर बुढाथोकी, यसोसियसनका उपाध्यक्ष लोकेन्द्र खडका र सल्लाहकार जनक बुढाथोकीले उक्त सहयोग हस्तान्तरण गरेका हुन ।

उनीहरुले आइसोलेसन निर्माण स्थलमै पुगेर तुलसीपुरमा मेयर घनश्याम पाण्डेलाई २५ हजार नगद सहयोग हस्तान्तरण गरेका थिए । नेपाल पत्रकार महासघको रकम भने शाखा कोषाध्यक्ष शरद रेग्मीलाई प्रदान गरिएको थियो ।

प्रकाशित मिति : २०७८ बैशाख २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *