२०८१ चैत्र ९ गते शनिवार

प्रदेशसभा सदस्य अमरबहादुर डाँगीले पदबाट राजीनामा दिए 

तुलसीपुर, बैशाख २२ । लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित अमरबहादुर डाँगीले पदबाट राजीनामा दिएका छन ।

नेकपा एमालेको तर्फबाट दाङको निर्वाचन क्षेत्र नं. २ (ख) बाट निर्वाचित डाँगीले बुधबार प्रदेशसभा सचिवालयमा पुगेर आफ्नो राजीनामा बुझाएका हुन ।

प्रदेशसभा सचीव दुर्लभ कुमार पुनले प्रदेशसभा सदस्य डाँगीले राजीनामा बुझाएको बताए । पुनले सभामुखको निर्देशन अनुसार प्रक्रिया अगाडि बढाएको पनि जानकारी दिए।

मंगलबार मात्रै डाँगी मुख्यमन्त्री शंकर पोखरेलको साथ छोडेर नेकपा माओवादी केन्द्रको उम्मेदवारको पक्षमा उभिएको सार्वजनिक भएको थियो।

 

प्रकाशित मिति : २०७८ बैशाख २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *