तुलसीपुर , बैशाख १९ । अक्सिजन अभावका कारण कोरोना अस्पताल बेलझुण्डीमा उपचाररत ४० बिरामीको ज्यान जोखिम रहेको अस्पताल व्यबस्थापनले जनाएको छ ।
अस्पतालका ब्यबस्थापक द्रोर्ण वलीले ४० जना अनिवार्य अक्सिजन चाहिने बिरामी रहेको र उनीहरुलाई चाहिने अक्सिजन अभाव रहेको हुँदा उनीहरुको ज्यान जोखिममा परेको बताए ।
हाल अस्पतालमा ५९ जनाले उपचार गराई रहेको भएपनि ४० जना अनिबार्य अक्सिजन चाहिने बिरामी रहेको र अस्पतालमा अक्सिजन सकिएको हुँदा उनीहरुको उपचार भगबान भरोसामा भइरहेको वलीले बताए ।
अस्पताल प्रशासनले शनिवार नै अक्सिजन सकिएको जानकारी सहित अक्सिजन माग गरेको भएपनि दिउँसो १ बजेसम्मपनि अक्सिजन आइनपुगेको उनले बताए ।
अस्पतालमा उपचाररत बिरामीको अवस्था दर्दनाक रहेको वलीले बताएका छन् ।
‘केही बेर अगाडि मात्रै घोराहीका एक संक्रमितको अक्सिजनको अभावले मृत्यु भइसकेको छ,’ उनले भने ‘ यस्तै अवस्था कायमै रहे सामुहिक समबेदना लेख्न बसे हुन्छ ।’
स्थानीय प्रशासन, नेता र जनप्रतिनिधिले बिरामी जतिपनि भर्ना गर भन्ने तर अक्सिजन उपलब्ध गराउन ध्यान नदिदा समस्या भएको बताए ।
बिरामीको गाउँ घरमा मृत्यु हुँदा दोष नेता र जनप्रतिनिधिलाई जाने भएपछि जवरजस्ति अस्पतालमा बिरामी हुल्न लगाएर अस्पताललाई दोष लगाउने षडेन्त्र भइरहेको वलीले दोषारोपन गरे ।
यसैबीच तुलसीपुरका मेयर घनश्याम पाण्डेले हाल आफुसंग उपब्ध १७ वटा सिलिण्डर १५ मिनेट भित्रै बेलझुण्डी पु¥याइ सक्ने आश्वासन दिएका छन् ।
‘ अस्पतालमा अक्सिजन अभाव भयो भन्ने खबर आउना साथ म संग भएका सबै सिलिण्डर तत्काल गाडीमा राखेर पठाउँदै छु,’ मेयर पाण्डेले भने ‘ अबको १५ मिनेटमा १७ अक्सिजन सिलिण्डर त्यहाँ पुग्छन् ।’
ल्ला्ल्
दाङका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलसंग यो बिषयमा प्रतिक्रिया लिने प्रयास संभब भएन ।
हालसम्म दाङमा अक्सिजन उत्पादन गर्ने प्लान्ट नभएको हुँदा बाँकेबाट सिलिण्डर किनेर ल्याउँदै आइएको छ ।
एउटा अक्सिजन प्लान्ट घोराही रहेपनि त्यो बन्द अवस्थामा छ ।