तुलसीपुर, बैशाख १६ । तुलसीपुरमा थप दूई कोरोना संक्रमितको बिहीबार बिहान मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ की एक महिलाको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको छ ।
तुलसीपुरका फोकल पर्सन बिमल केसीका अनुसार तुलसीपुर ११ का अर्का एक ६२ बर्षीय पुरुषको घरमै मृत्यु भएको छ ।
बुधवार मात्रै स्वाब परीक्षण गराएका उनी घरमै बस्दै आएका थिए ।
प्रकाशित मिति : २०७८ बैशाख १६ गते बिहिवार