तुलसीपुर,बैशाख १३ । तुलसीपुरमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं ७ का ४० बर्षिय एक पुरुषको सोमवार दिउँसो बेलझुण्डिमा रहेको कोरोना विशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
मृतक पुरुष कोरोना संक्रमण पुष्टि भएपछि शुक्रवार अस्पतालमा भर्ना भई आईसियु कक्षमा उपचाररत रहेको र उनको सोमवार दिउसो मृत्यु भएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिए ।
व्यवस्थापक वलिका अनुसार उनलाई निमोनियाको पनि समस्या देखा परेको थियो ।
यो संगै कोरोना विषेश अस्पतालमा भर्ना भई मृत्यु हुनेको संख्या १२ पुगेको छ ।
प्रकाशित मिति : २०७८ बैशाख १३ गते सोमवार