दाङ, बैशाख १० । बाँकेमा कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ ।
मृतक मध्य एकजना बाँकेका र अर्का बर्दिया जिल्लाका हुन ।
नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर २ का ६५ वर्षीय पुरुष र बर्दियाको राजापुर नगरपालिका ९ का ४२ वर्षीय पुरुषको शुक्रवार दिउँसो मृत्यु भएको छ ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले यो संगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७० पुगेको जानकारी दिए ।
त्यस्तै बाहिरी जिल्लाका थप १०० जनाको मृत्यु भएको छ । कुल गरि बाँकेमा १७० जनाको मृत्यु भइसकेको वलीले जानकारी दिए ।
प्रकाशित मिति : २०७८ बैशाख १० गते शुक्रवार