२०८१ जेष्ठ १६ गते बुधवार

कालिमाटीकामा तालिम सञ्चालन

शंकर केसी, सल्यान, बैशाख ९ । सल्यानको कालिमाटीमा स्थानीय नागरिकलाई वकालतिय ज्ञान, सीप अभिवृद्धि गर्न तीन दिने तालिम प्रदान गरिएको छ ।

सुशासनमा नागरिक सहभागिता कार्यक्रम अन्तर्गत सामुदायिक समुहका सदस्यहरुलाई तालिम प्रदान गरिएको हो ।

तालिम पश्चात सहभागीहरुले स्थानीय सरकारलाई नागरिक प्रति जवाफदेही, पारदर्षि र उक्तरदायी बनाउन तथा स्थानीय तहमा सुशासन कायम गर्न स्थानीय सरकालाई रचनात्मक सल्लाह सुझाव र खवरदारी गर्ने आशा गरिएको छ ।

तालिममा सहभागिहरुले कालिमाटी गाउँपालिकाका विभिन्न टोल वस्तिमा रहेका समस्या तथा सवालहरु पत्ता लगाएर विश्लेणको माध्याम बाट समस्या तथा सवालको कारण र असर पहिचान गरेका थिए ।
१४ वटा सामुदायिक समुहका २० जना सदस्यहरु तालिममा सहभागी थिए ।

पहिचान गरिएका समस्या तथा सवाहरुको सम्बोधनका लागि स्थानीय सरकारले आगामी वर्षका लागि संचालन गर्ने वस्ति स्तरको योजना तर्जूमा गोष्ठी, नागरिक समुह र सामुदायिक समुहको तर्फ बाट पेश गर्ने शारदा समुदायिक समुहकी उपाध्यक्ष टिका सुनारले जानकारी दिइन् ।

स्थानीय नागरिकलाई वकालतको बारेमा ज्ञान, सिप अभिबृद्धी गर्ने, वकालतका विधि, प्रकृया र पद्धतिको बारेमा जानकार बनाउने र तालिम पश्चात सम्बन्धित समुदाय तथा स्थानीय तहमा वकालत तथा अभियान सञ्चालन गर्न सक्षम बनाउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको थियो ।

यूरोपियन न्यूनियनको सहयोग तथा सहकर्मी समाज सुर्खेत, दलित विकास समाज सल्यान, दलित महिला केन्द्र काठमाडांै, आइएम स्वीडिस डेभलप्मेन्ट पार्टनर काठमाडौं र तेदेजोम फाउन्डेसन काठमाडौंको संयुक्त आयोजनामा सल्यानमा पनि सुशासनमा नागरिक सहभागिता कार्यक्रम संचालनमा रहेको छ ।

सोही कार्यक्रम अन्तर्गत कालिमाटीमा तालिम आयोजना गरिएको हो ।

 

 

प्रकाशित मिति : २०७८ बैशाख ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *