२०८२ बैशाख ३० गते सोमवार

जसपाले मन्त्री बनेका आफ्ना ४ सांसदलाई निलम्बन गर्यो

दाङ, बैशाख ६ । जनता समाजवादी पार्टीले आफ्ना चार सांसदलाई २४ घन्टे स्पष्टिकरण सोधेको छ । पार्टी निर्णय अनुसार मुख्य मन्त्री शंकर पोखरललाई हटाउन अविश्वासको प्रस्ताबमा हस्ताक्षर गरेपनि सोमबार नै मन्त्री बनेका चार सांसदलाई जसपाले स्पष्टिकरण सोधेको हो ।

उक्त पार्टीका लुम्बिनी प्रदेश संयोजक अशोककुमार यादवले आफ्नो पार्टीबाट प्रतिनिधित्व गर्ने सांसदहरु बिजयबहादुर यादव, सन्तोष पाण्डे, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्साललाई पार्टीको निर्देशन विपरित मन्त्री बनेपछि २४ घन्टे स्पष्टिकरण सोधेका छन् ।

यादवले पार्टीको निर्णय विपरित मुख्य मन्त्रीको सरकारमा सहभागी भइ सपथ ग्रहण गरेपनि यथाशिघ्र सरकारबाट फर्किन निर्देशन दिएका छन् ।

मुख्य मन्त्री विरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेर मन्त्री भएका उनीहरुलाई यादवले २४ घन्टे स्पष्टिकरण सोधिएको र त्यसको जवाफ नआउँदा सम्म पार्टीको सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गरिएको संयोजक यादवले उल्लेख गरेका छन् ।

साथै सरकारबाट राजीनामा दिएपनि चित्त बुझ्दो स्पष्टिकरण नआएको खण्डमा उनीहरुको सांसद पद नहरने गरि कारवाही गरिने चेतावनी दिइएको छ ।

प्रकाशित मिति : २०७८ बैशाख ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *