२०८३ असार २७ गते शनिवार

राप्तीमा ४ हजार बढी भूमिहीनको लगत संकलन

तिर्थराज ज्ञवाली, देउखुरी, बैशाख ६ । राप्ती गाउँपालिकामा ४ हजार बढी भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको लगत संकलन गरिएको छ ।

राप्ती गाउँपालिकाले भुमिहीन दलित, भुमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन कार्य सुरुवात भए संगै नागरिकलाई आफ्नो क्षेत्रगत रुपमा फारम भर्न सुचित गरेको थियो ।

त्यही अनुसार कुल ४ हजार ४ सय ६५ जनाले फारम भरेका छन् ।

भूमि सम्बन्धी समस्या समाधान आयोगका गत माघ १८ गतेको सूचना बमोजिम गाउँपालिकामा लगत संकलन गरिएको हो ।

फाराम भरेर सकिएपछि हाल वडा कार्यालयमा वडा स्तरिय सहजीकरण समितिबाट रुजु गर्ने काम भइरहेको राप्ती गाउँपालिकाका भूमि समस्या समाधान ईकाइ प्रमुख बाल चन्द्र गुरुङले जानकारी दिए ।

अनुसार रुजु गरिसके पछि कम्प्यूटरमा लगत प्रविष्टि गर्ने काम सरु हुने उनले जानकारी दिए ।

गाउँपालिकाको वडा १ मा ९ सय, वडा २ मा ६ सय ८०, वडा ३ मा ७ सय ८०, वडा ४ मा ४ सय, वडा ५ मा ४ सय २०, वडा ६ मा ३ सय ८०, वडा ७ मा ३ सय ९०, वडा ८ मा २ सय ६० र वडा ९ मा २ सय ५५ गरि कुल ४ हजार ४ सय ६५ लगत फारम भरिएको छ ।

 

 

प्रकाशित मिति : २०७८ बैशाख ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *