दाङ, बैशाख ६ । कोरोना भाइरस संक्रमनका कारण तुलसीपुरकी एक स्टाप नर्सको मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं.११ की २० वर्षीया स्टाफ नर्स अनिता वलीको सोमबार बिहान भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको तुलसीपुरका फोकल पर्सन विमल केसीले फरककोणलाई बताए ।
उनी राप्ती लाईफ केयर हस्पिटल तुलसीपुरमा कार्यरत थिइन । झन्डै तीन महिना अगाडि छोरीलाई जन्म दिएकी वली पछिल्लो समय सुत्केरी विदामा तुलसीपुुर ६ स्थित माइती घरमा बस्दै आएकी थिइन ।
उनलाई माइती मै बसेको समयमा बाँकेस्थित बागेश्वरी ल्याबमा पिसिआर परीक्षण गर्दा बैशाख १ गते कोरोना संक्रमन पुष्टि भएको थियो ।
उनको उपचारका क्रममा सोमबार बिहान साढे १० बजे नेपालगञ्जस्थित भेरी अस्पतालमा मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन डाक्टर प्रकाश थापाले जानकारी दिएका छन् ।
तुलसीपुरका कोरोना फोकल पर्सन केसीका अनुसार यो सहित तुलसीपुरमा कोरोनाका कारण हालसम्म २५ जनाको मृत्यु भइसकेको छ ।
बैशाख महिनामा मात्रै दूई जनाको मृत्यु भएको केसीले जानकारी दिए ।