२०८१ चैत्र १४ गते बिहिवार

अमर खड्का बने अखिल क्रान्तिकारी दाङको जिल्ला अध्यक्ष

घोराही, वैशाख ५ । अखिल (क्रान्तिकारी) दाङको जिल्ला अध्यक्षमा अमर खड्का चयन भएका छन् । उक्त संगठनको शनिवार घोराहीमा भएको २४औ जिल्ला सम्मेलनले खड्काको अध्यक्षमा ३१ सदस्य नयाँ जिल्ला समिति चयन गरेको हो । 

जसको उपाध्यक्षमा खुमम पौडेल, सचिव शरद खत्री, सहसचिव पर्भा वली, कोषाध्यक्ष चुडामणि केसीलाई चयन गरेको छ । 

नयाँ कार्यसमितिको कार्यकाल एक बर्षको हुने छ । 

‘शैक्षिक विकृति,विसंगतिका विरुद्ध हाम्रो आन्दोलन,बैज्ञानिक समाजवादी शिक्षा प्राप्तिका निम्ति २४औ दाङ जिल्ला सम्मेलन’  भन्ने मुल नाराका साथ सम्मेलन भएको थियो । 

संसद व्यवस्था मान्न हामीले वार्ता गरेका हैनौ – केन्द्रीय सदस्य सुवाश सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा राप्ती ब्युरो इन्चार्ज केशबहादुर बाठा (सुवाश)ले आफुहरु दलाल पूँजीवादी संसदीय ब्यबस्थाको मतियार बन्न बार्तामा नआएको बताए ।

उनले पूँजीबादले  नेपालीको सपना र जीवन पराधिन बनाउदै गएको भन्दै बैज्ञानिक समाजवाद जस्तो नयाँ ढंगको सोचले देश अगाडि बढ्न जरुरी रहेको तर्क गरे । उनले सबैका लागि समान र निशुल्क शिक्षा , बैज्ञानिक, ब्यबहारिक र गुणस्तरीय शिक्षा नै आजको आबश्यक्ता रहेको बताए । 

 विभेद रहित र निशुल्क  शिक्षामा उनले जोड दिए । 

कार्यक्रमका बिशिष्ट अतिथि अखिल (क्रान्तिकारी) का केन्द्रीय कोषाध्यक्ष नरेन्द्र बिकले संबिधानको मृत कागजमा लेखिएका केही शैक्षिक अधिकार पनि कार्यान्वयन नभएको भन्दै राज्यले शिक्षा निशुल्क गर्नु पर्ने बताए ।जबसम्म द्वैध शिक्षा प्रणाली खारेज हुदैन तबसम्म आफुहरुको आन्दोलन चलिरहने उनले स्पष्ट पारे । 

उनले भने ‘पूजीपति बर्गका छोराछोरीले पढ्ने बिधालय र श्रमजीवी बर्गका छोराछोरीले पढ्ने बिधालय एउटै हुनु पर्छ ।’

कार्यक्रममा नेकपा राप्ती ब्युरो सदस्य सबिन पोखरेलले  पुँजीवादी शिक्षा प्रणालीमा बिद्यार्थीले प्राप्त गरेको सर्टिफिकेट सिरानीमा राखेर सुत्ने बाहेक अरु उपलब्धी नभएको जिकिर गरे । 

दाङ जिल्ला इन्चार्ज प्रदिप वलीले आम युवा बिद्यार्थीलाई एकीकृत जनक्रान्तिको झण्डामुनी गोलबन्द गर्न आह्वान गरे । 

कार्यक्रममा जनपत्रकार संगठन नेपाल दाङका संयोजक हेमन्त प्रकाश वली,अखिल नेपाल ट्रेड युनियन महासंघ क्रान्तिकारी दाङका संयोजक सन्जय वली,माओबादी केन्द्र निकट अखिल (क्रान्तिकारी) दाङका कार्यालय सदस्य गिरबहादुर महरा,युवा संगठन नेपाल राप्ती ब्युरो इन्चार्ज तिलक योगी, अखिल (क्रान्तिकारी) राप्ती ब्युरो इन्चार्ज दिपक बिष्ट,नेकपा एमाले निकट अखिलका केन्द्रिय सदस्य बिराज डिसी,नेकपा दाङ जिल्ला सेक्रेटरी गणेश चौधरी लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

त्यस्तै अखिल (क्रान्तिकारी) की केन्द्रीय सदस्य प्रीतिमा चौधरी, संगठनका पूर्व केन्द्रीय सदस्य हेमन्त जिसी,युवा संगठन नेपाल दाङ संयोजक मनोज बिक,मगर मुक्ति मोर्चा दाङ जिल्ला संयोजक सेबेन्द्र मगर,नेकपा नारायणी ब्युरो सदस्य बिकाश वलीले मनतब्य राखेका थिए ।

अखिल (क्रान्तिकारी) दाङ जिल्ला सम्मेलन आयोजक समिति संयोजक अनिल केसीको अध्यक्षतामा भएको कार्यक्रममा दाङ जिल्ला सम्मेलन आयोजक समिति सदस्य खुमन पौडेलले  स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २०७८ बैशाख ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *