२०८१ बैशाख ८ गते शनिवार

कर्णालीका मुख्य मन्त्री शाहीले मन्त्रीमण्डल हेरफेर गरे

सुर्खेत, बैशाख ४ । संसदमा विश्वासको मत प्राप्त गरेको दोस्रो दिन मै कर्णाली प्रदेशका मुख्य मन्त्रीले  मन्त्रिपरिषद् पुर्नंगठन गरेका छन् ।  मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शनिवार आफ्नो मन्त्रिमण्डल पुर्नंगठन तथा हेरफेर गरेका हुन ।

उनले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नन्दसिंह बुढा, भौतिक पूर्वाधार मन्त्री अमर बहादुर थापा, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा कुर्मराज शाही नियुक्त गरेका छन् । मन्त्री बनाइएका तीनै जना नेकपा एमालेका भएपनि फ्लोर क्रस गरेका सांसदहरु हुन । यो बीचमा उद्योग मन्त्री रहेका बुढाले राजीनामा दिएका थिए।

त्यस्तै सामाजिक विकास मन्त्रालय यसअघि कृषि मन्त्री रहेकी विमला केसीलाई र अर्थ मन्त्रालय आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीलाई बनाइएको छ । 

शुक्रबार मात्रै मुख्य मन्त्री शाहीले विश्वासको मत लिएका थिए ।

नेकपा एमाले भित्रकै माधवकुमार नेपाल समुहका ४ सांसदले फ्लोर क्रस गरेपछि मुख्य मन्त्रीले विश्वासको मत आर्जन गर्न सकेका थिए । त्यसमा काँग्रेसले पनि समर्थन जनाएको थियो ।

प्रकाशित मिति : २०७८ बैशाख ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *