तुलसीपुर, चैत ३० । नेपाल प्रेस यूनियन दाङले निर्वाचनको परिनाम बारे आफ्नो संगठन भित्र छानविन गर्न एक समिति निर्माण गरेको छ । यूनियनका उपाध्यक्ष नारायण खड्काको संयोजकत्वमा तीन सदस्य छानविन समिति गठन गरिएको छ ।
जसको सदस्यहरुमा गोपाल शर्मा भट्टराई र किरण बिक्रम शाह छन् । यो समितिलाई १५ दिन भित्र सत्य तथ्य विवरण जिल्ला कार्यसमिति समक्ष पेश गर्न समय सीमा तोकिएको जिल्ला अध्यक्ष सञ्तोष सुवेदीले सोमवार जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।
कार्यबहाक अध्यक्षको जिम्मा खड्कालाई
साथै चैत २५ गते भएको नेपाल पत्रकार महासंघको निर्वाचनमा प्रेस यूनियनका केही नेताहरु र अन्य गठबन्धन संगठनका केही साथीहरुलाई बिजय गराउन नसक्नुमा संगठनको नेतृत्वकर्ता संगठनको हैसियतले यूनियनका जिल्ला अध्यक्ष सुवेदीले पदबाट राजीनामा दिएको कुरा बिज्ञप्तिमा उल्लेख गरेका छन् ।
यूनियनका अध्यक्ष सुवेदीले जिल्ला उपाध्यक्ष नारायण खड्कालाई कार्यबहाक अध्यक्षको जिम्मेवारी तोकेको कुरा बिज्ञप्तिमा उल्लेख गरेका छन् ।