२०७८ बैशाख ३१ गते शुक्रवार

प्रेस यूनियन माथि लगाइएको आरोप फिर्ता लिन आग्रह

तुलसीपुर, चैत ३० । नेपाल पत्रकार महासंघ दाङ शाखाको निर्वाचनलाई लिएर बिना कुनै आधार नेपाल प्रेस यूनियनमाथि लगाइएको आरोपको यूनियनले खण्डन गरेको छ । प्रेस संगठन नेपालले गठबन्धनकी उम्मेदवार लक्ष्मी आचार्यले अध्यक्षमा पराजय भोगेपछि प्रेस यूनियनले धोका दिएको तथा घात गरेको आरोप लगाएपछि प्रेस यूनियन दाङका अध्यक्ष सञ्तोष सुवेदीले आइतवार बिज्ञप्ति मार्फत उक्त आरोपको खण्डन गरेका हुन ।

निर्वाचनको परिनामलाई लिएर विना कुनै छलफल र समिक्षा बिना गठबन्धनकै प्रेस संगठनले त्यसको सम्पूर्ण दोष एकलौटीरुपमा यूनियनमाथि थोपर्न खोज्नु आफ्नो संगठन भित्रको कमजोरी ढाकछोप गर्न खोज्न चालिएको कदम हुन सक्ने यूनियनका अध्यक्ष सुवेदीले बिज्ञप्तिमा उल्लेख गरेका छन् ।
प्रेस यूनियनमाथि संस्थागत घात र धोकाको आरोप लगाउनु दुःखद पक्ष भएको भन्दै उक्त आरोप तत्काल फिर्ता लिइ गठबन्धनको मुल मर्म र भावना बचाइ राख्न अध्यक्ष सुवेदीले बिज्ञप्ति मार्फत आग्रह गरेका छन् ।

त्यसका साथै यूनियनले टिकट वितरणको सवालमा केही कमजोरी रहेको र त्यसले यूनियनकै केही साथीहरु असुन्तुष्ट रहेको हुँदा त्यो असन्तुष्टि प्रकट भएको हुन सक्ने आशंका पनि यूनियलने ब्यक्त गरेको छ । आफ्नै यूनियनका पूर्व अध्यक्ष समेत पराजित भएको हुँदा त्यहाँ प्रेस संगठनले घात गरेको आशंका समेत यूनियनले ब्यक्त गरेको छ ।

त्यसका साथै यूनियनको तर्फबाट भएको भनिएको कमजोरी छानविन गर्न कार्यदल गठन गरिएको छ ।

मोर्चाबाट उम्मेदवारी दिएकी अध्यक्षले पराजित भएको प्रति दुःख व्यक्त गरिएको छ । साथै प्रेस यूनियन दाङका संस्थापनक सचिव बिपुल पोखरेल नेपाल पत्रकार महासंघको केन्द्रीय अध्यक्षमा निर्वाचित गर्न मतदान गर्ने सबै मतदातामा हार्दिक कृतज्ञता व्यक्त गरेको छ । त्यस्तै जिल्ला, प्रदेश र केन्द्रका पदहरुमा निर्वाचित सबैलाई बधाई ज्ञापन गरिएको छ ।

प्रकाशित मिति : २०७७ चैत्र ३० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *