२०८१ चैत्र १४ गते बिहिवार

तुलसीपुरले मनायो २९ औँ स्थापना दिवस

तुलसीपुर,चैत ३० ।तुलसीपुर उपमहानगरपालिकाले आफ्नो २९ औँ स्थापना दिवस मनाएको छ । दिवसका अवसरमा उस्ले दिर्घकालिन रणनीति तथा आवधिक योजनाको मस्यौदा माथि अन्तरक्रिया गरेको छ । लुम्बिनी प्रदेशका उद्योग पर्यटन बन तथा वातावरण मन्त्री लिला गिरीले सम्बोधन गर्दै निरन्तर रुपमा जनताको काममा खट्न र तुलसीपुरलाई सुन्दर नगरका रुपमा विकास गर्न आग्रह गरे ।

कृषि, वन, पर्यटन संग आधारित उद्योग कलकार खाना स्थापना गरी रोजगारीको सिर्जना गर्न आफुहरु लागेको उनले बताए । उनले दाङ उपत्यकालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न चाहेको बताए । पर्यटकीय गन्तव्यका लागि लुम्बिनी पछि दाङ रहेको उनले तर्क गरिन ।

‘प्रदेशका १२ जिल्ला मध्ये पहाडका हिसावले घुम्न जानु छ भने गुल्मी, अर्घाखाँची र प्युठान, सुन्दर उपत्यका र रमनिय ठाउँमा जान सकिन्छ,’ उनले भने ‘ दाङ उपत्यका, राष्ट्रिय निकुन्ज र प्राकृतिक हिसावले बाँके,बर्दिया र हिमालको अवलोकनका लागि रुकुम पुर्व जान सकिन्छ ।’

कार्यक्रममा सहजकर्ता बिकिरण गौतमले आगामी ५ वर्षको आवधिक योजनाको बारे बताए । उनले तुलसीपुरलाई समृद्ध र स्मार्ट बनाउन सिंगो नगरवासी स्मार्ट बन्नुपर्ने बताए ।त्यस्तै सहजकर्ता दुर्गालाल केसीले आगामी २५ वर्षे दिर्घकालिन रणनीतिक योजनाका बारेमा जानकारी दिए । उनले २५ वर्ष भित्रमा सडक,यातयातमा सबैको पहुँच पु¥याउने,कृषि क्रान्ति,स्मार्ट सहर,मोतिबिन्दु मुक्त नगर बनाउने लगाएतका लक्ष्यहरु रहेको बताए ।

तुलसीपुर नगरका प्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेशका सदस्य धमकली चौधरी,तुलसीपुरका पूर्व मेयर ढुण्डीराज लामिछाने, घोराहीका प्रमुख नरुलाल चौधरी, तुलसीपुर ६ का अध्यक्ष नवराज लामिछाने, तुलसीपुर उद्योग वाणिज्य सघंका पुर्व अध्यक्ष बिमल रिजाल लगाएतले मन्तव्य व्यक्त गरेका थिए

। दिवसका अवसरमा उपमहानगरपालिकाले उत्कृष्ट करदाता, उद्यमीहरु, कर्मचारीहरु, कोभिडको समयमा सहयोग गर्ने सहयोगी दाताहरु,व्यवसायी लगाएत दर्जन बढीलाई सम्मान एवं पुरस्कृत गरिएको थियो । दिवसका आवसरमा आयोजित दिर्घकालिन रणनितिक तथा आवधिक योजनाको मस्यौदा माथी अन्तरक्रिया कार्यक्रम मंगलबार पनि हुनेछ ।


साईकल वितरण
दिवसकै अवसरमा तुलसीपुरका एक दम्पत्तिले साइकल वितरण गरेका छन । तुलसीपुरका ९४ वर्षीय लालबहादुर टण्डन र ८५ वर्षीय तारादेवी टण्डनले ८४ पूजाको अवसरमा २० वटा साइकल बितरण गरे ।

दिवसकै अवसरमा विपद जोखिम न्यूनिकरणका लागि तुलसीपुर र घोराहीका मेयर बिच भगेनी सम्बन्धमा सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

त्यस्तै कार्यक्रममा नयाँ वर्ष २०७८ सालको भित्तेपात्रो बिमोचन समेत गरिएको छ । तुलसीपुरकी उपप्रमुख माया आचायृको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण प्रबक्ता श्याम डाँगीले गरेका थिए । कार्यक्रममा सञ्चारकर्मी तथा गायक प्रेम बिबश घर्तीले गित प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २०७७ चैत्र ३० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *