लक्ष्मण बस्नेत, तुलसीपुर, चैत ३० । तुलसीपुर नगर स्तरिय सितोरियो कराँते प्रशिक्षक प्रशिक्षण तथा रेफ्री रिफ्रेसर तालिम गरिएको छ ।
नेपाल सितोरियो कराँते अरनिको डोजो तुलसिपुर ५ को आयोजनामा तुलसीपुर नगर क्षेत्रका विभिन्न स्थानमा डिजो संचालन गरेका स्वयंसेवक प्रशिक्षकलाई लक्षित गरि तालिम दिईएको हो ।
दाङ तुलसीपुर ९ बेलुवा कराँते हलमा भएको दुई दिने तालिममा एउटा कुशल प्रशिक्षकले प्रशिक्षण दिदा अपनाउनु पर्ने प्रक्रिया र पद्धति,अनुशासन,सन्तुलित आहार, रेफ्रीले खेल खेलाउदा ध्यान दिनु पर्ने आवश्यक सिद्धान्त र अभ्यास बारेमा अभ्यस्त गराइएको थियो ।
तालिममा नेपाल सितोरियो कराँते प्रदेश नं. ५ का प्रमुख प्रशिक्षक बलराज नेपाली, कराँते अस्थायी प्रशिक्षक पदमबहादुर बस्नेतले प्रशिक्षण दिएका हुन ।
सो अबसरमा स्वयंसेवक प्रशिक्षक, सिनियर तथा जुनियर खेलाडी गरि दुई सय पचास जनाको सहभागिता रहेको थियो ।