२०७८ बैशाख ३१ गते शुक्रवार

महिलाहरुमा राजनैतिक चेतनाको बिकास भए मात्र नेतृत्वमा सहभागिता बढ्छ ः रावत

लमही,चैत २९ । नेपाल महिला सघं दाङका जिल्ला सभापति गोमा रावतले महिलाहरुमा राजनैतिक चेतनाको बिकास भएमात्र नेतृत्व तहमा महिलाहरुको सहभागिता बृदि हुने बताएकी छिन् । गाउँ ईकाई र वडा तहमा बन्ने महिला सघंका संरचनामा महिलाहरु कहरले होईन स्वफुर्तरुपमा म सगठनको लागी काम गर्छु भनेर अग्रसर हुन महिलाहरुलाई आग्रह गरिन ।

अधिकाश ईकाई तथा वडा र नगर तहमा अहिले पनि नेतृत्व लिन महिलाहरु अग्रसर हुने रहर र चाहना नदेखिएकोले त्यसका लागि अर्काले सिफारिस गरेको पदमा बसिदिने पराम्परको अन्त्यका लागि महिला स्वयमले म आफुले नेतृत्व गर्न सक्छु भन्ने उच्च मनोबलका साथ नेपाल महिला सघंमा गोल बद्धहुनुपर्ने बताइन ।

नेपाल महिलासघं क्षेत्र नम्बर १ अन्तर्गत लमही नगरपालिका वडा नम्बर ५ को समायोजनमा भएको कार्यक्रममा प्रमुख अतिथि रावतले यस्तो बताइएकी हुन ।
कार्यक्रमका बिशिष्ट अतिथि लमही नगरपालिकाका उप–प्रमुख तथा नेपाल महिला सघ क्षेत्र नम्बर १ का पुर्ब क्षेत्रिय सभापति देबका बेलबासेले महिलाहरुमा राजनितिक चेतनाको स्तर जति बढ्दै जान्छ उति नै पार्टि र सगठन बलियो हुने बताइन ।

नेपाल महिला सघ वडा नम्बर ५ का वडा शभापति गीता भट्राईको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल महिला सघं दाङका सचिब लक्ष्मी योगी, नेपाल पत्रकार महासघ दाङका निर्बतमान उपाध्यक्ष लिला शाह, नेपाल महिला सघ क्षेत्र नम्बर १ प्रदेश क का सभापति देबा कुवर नेपाल महिला सघ लमही नगर वडा नम्बर १का अध्यक्ष श्याम कला कि, वडा नम्बर ३ का लक्ष्मि आचार्य, वडा नम्बर ६ का शान्ति चौधरी, वडा नम्बर ८ का शान्ति श्रेष्ठ, वडा नम्बर ७ का देबा परियार लगाएतले समायोजन पछि गठन भएका समितिहरुको काम कर्तब्य र अधिकारको बारेमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न माग गरेका थिए ।

नेपाल महिला सघ लमही नगर समितिका सभापति हिमा बुढाथोकीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा क्षेत्रिय सचिब पार्बता थापाले कार्यक्रमको उदेश्य बारे प्रकाश पारेकी थिइन भने कार्यक्रमको सञ्चालन लमही नगर सचिब बिना भुसालले गरेकी थिइन ।

साथै भेलाले लमही नगरपालिका वडा नम्बर ५ स्तरिय समायोजन सम्पन्न गरेको छ । यस अघि अन्य ८ वटा वडाहरुमा समायोजनको काम सम्पन्न भईसकेको जानकारी सो अबसरमा गराईएको थियो ।

यसैबिच लमही नगर समिति र लमही नगर वडा नम्बर ५को वडा समिति आज समायोजन गरिएको छ । ्

्जस अन्तर्गत लमही नगर समिति शभापति हिमा बुढाथोकी, उप –सभापति नारायणी खड्का, सचिब बिना न्यौपाने भुसाल, सहसचिब सिता अधिकारी र कोषाध्यक्षमा माया न्यौपाने चयन भएका छन । आज सम्पन्न भेलाले उनीहरुलाई निर्बिरोध चयन गरेको हो ।

त्यसैगिर लमही नगरपालिका वडा नम्बर ५का गिता भट्राईलाई अध्यक्षमा र राधा बिकलाई सचिबमा चयन गरिएका हो ।

प्रकाशित मिति : २०७७ चैत्र २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *