काठमाडौं,चैत २९ । नेपाली कांग्रेसको पदाधिकारी बैठक अहिले दुई बजे बस्ने भएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका हुन् ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी बैठक बस्दैछ ।
सोमबार कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । केन्द्रीय समिति बैठकअघि पदाधिकारी बैठक राखिएको हो ।
कांग्रेसले १४ औं महाधिवेशन भदौ ७ देखि गर्ने कार्यतालिका बनाएको छ ।
प्रकाशित मिति : २०७७ चैत्र २९ गते आइतवार