२०८० चैत्र ६ गते मङ्गलवार

अग्रगमण र प्रेस स्वतन्त्रताको यात्रालाई थप अगाडि बढाउने छौं – अध्यक्ष बिपुल पोखरेल

दाङ, चैत २७ । नेपाल पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष विपुल पोखरेलले महासंघको निर्णय प्रक्रिया र नीति निर्माणमा दलीय प्रभाव पर्न नदिने प्रतिवद्धता जाहेर गरेका छन् ।शनिबार नवनिर्वाचित अध्यक्ष पोखरेलले महासंघका कुनैपनि कुरामा दलीय एजेण्डाको प्रभाव पर्न नदिने बताएका हुन ।

उनले श्रमजीवी पत्रकारहरुको हक हितका मुद्दाहरूमा कतै सम्झौता नगर्ने स्पष्ट पारे ।‘ पत्रकार महासंघ भनेको श्रमजीबी पत्रकारको संस्था हो,’ उनले भने ‘यसमा कसैले आफ्ना राजनीतिक वा दलिय एजेण्डाको प्रभाव रहनै सक्दैन ।’

महासंघले पत्रकारका श्रमका मुद्दा, स्वतन्त्रताको मुद्दा र श्रमजीबी पत्रकारको सम्पूर्ण रुपमा हकहितको मुद्दामा आफु केन्द्रित हुने अध्यक्ष पोखरेलले बताए । ‘हामी श्रम र स्वतन्त्रताको लडाईमा सम्झौंता हिन लडाई लड्ने छौं,’ अध्यक्ष पोखरेलले भने ‘ यो कसैको हारजीतको कुरा हैन , यो एजेण्डा स्थापित गर्ने कुरा हो ।’

कुनैपनि पश्चागमनको सोचले एउटा बलियो नागरिक संस्था र स्वतन्त्रताको पक्षधर संस्था भएको नाताले नेपाल पत्रकार महासंघले सिंगो समाजलाई जागृत गर्ने प्रतिबद्धता अध्यक्ष पोखरेलले ब्यक्त गरे ।

निर्वाचनले पश्चागमनका बिरुद्ध ठूलो स्वरले बोल्ने र त्यसका बिरुद्ध उभिन अभिमत प्रदान गरेको अध्यक्ष पोखरेलले स्पष्ट पारे । महासंघले अग्रगमणको यात्रा र प्रेस स्वतन्त्रताको यात्रालाई थप अगाडि बढाउने उनले बताए ।

प्रकाशित मिति : २०७७ चैत्र २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *