काठमाडौं,चैत्र २८ । नेपाल पत्रकार महासंघको अध्यक्ष विपुल पोखरेल निर्वाचित भएका छन् । शनिबार मत गणना सकिएपनि नुवाकोटसहित ५ जिल्लाको मत आउन बाँकी भएकाले निर्वाचन समितिले औपचारिक घोषणा गरेको छैन ।
पहिलोपटक प्रत्यक्ष प्रणालीबाट भएको निर्वाचनमा प्रेस युनियनले सिंगै प्यानलमा जित हासिल गरेको हो । विपुल प्यानल जित सुनिश्चित भएको हो । अध्यक्षमा विपुल पोखरेलले प्रतिद्वन्द्वी निर्मला शर्मालाई दुई हजारभन्दा बढी भोटले पछि पारेका छन् ।
नेपाली कांग्रेस निकट प्रेस युनियन नेपाल, नेकपा माओवादी केन्द्र निकट प्रेस संगठन नेपाल र नेकपा एमालेको माधव नेपाल समूह निकट प्रेस चौतारीसहित ११ संगठनको गठबन्धनको तर्फबाट पोखरेलले अध्यक्षमा उम्मेदवारी दिएका थिए ।
एमालेको ओली समूह निकट प्रेस चौतारीले जनता समाजवादी पार्टीसम्वद्ध प्रेस मञ्च, विप्लव समर्थित जनपत्रकार संघसहित ९ वटा संघसँग मिलेर निर्मला शर्मालाई अध्यक्षको उम्मेदवार बनाएको थियो ।