
तुलसीपुर, चैत २७ । नेपाल पत्रकार महासंघको कोषाध्यक्षमा निर्वाचित शरद रेग्मी र कार्यसमिति सदस्यमा निर्वाचित सञ्तोष केसीलाई तुलसीपुरमा स्वागत गरिएको छ ।
शुक्रबार बिहान तुलसीपुरस्थित पार्क क्याफेमा नेपाली काँग्रेसका नेता किरण शाह, नेविसंघका पूर्व केन्द्रीय सदस्य युवराज खड्का, तरुण दल क्षेत्र नं. ४ का अध्यक्ष रमेश मल्ल, बिप्लव नेतृत्वका नेकपाका नेता इश्वरी पाण्डे, व्यवसायी गोरखबहादुर वली, कर्मचारी धुर्ब न्यौंपाने लगाएका ब्यक्तिहरुले बधाई ज्ञापन गरेका हुन ।
कोषाध्यक्षमा निर्वाचित रेग्मी र महासंघको कार्यसमिति सदस्यमा निर्वाचित सञ्तोष केसीलाई सम्मान गर्दै उनीहरुले पत्रकारिता पेशालाई थप मर्यादित र अनुशासित बनाउनका लागि भूमिका खेल्न आग्रह गरेका थिए ।
प्रकाशित मिति : २०७७ चैत्र २७ गते शुक्रवार