२०८१ चैत्र ९ गते शनिवार

दाङ पत्रकार महासंघ दुर्गालालको नेतृत्वमा

कसको कति मत आयो ?

दाङ, २६ चैत । नेपाल पत्रकार महासंघको बुधवार भएको नयां कार्यसमितिको निर्वाचनको मतपरीणाममा अध्यक्ष पदमा प्रेस चौतारी नेतृत्वका दुर्गालाल केसी निर्वाचित भएका छन् । कुल खसेका १ सय ६३ मत मध्ये उनले १ सय ३५ मत ल्याएर विजयी भएका छन् । प्रतिद्धन्दी प्रेस संगठन र प्रेस युनियनका साझा उम्मेदवार लक्ष्मी आचार्यले १ सय २४ मत ल्याएकि छिन् ।

उपाध्यक्षमा प्रेस युनियन र प्रेस संगठन प्यानलका सन्तोष सुवेदीले १ सय ६२ मत ल्याएर विजयी भएका छन् । प्रतिद्धन्दी ओपेन्द्र बस्नेतले ९६ मत ल्याएका छन् । महिला उपाध्यक्षमा बसुन्धरा गौतमले १ सय ७६ मत ल्याएर विजजयी भएकि छिन् भने प्रतिद्धन्दी रन्जिता शर्माले ८३ मत ल्याएकि छिन् । सचिवमा आरके शितलले १ सय ६२ मत ल्याएर विजयी भएका छन् भने प्रतिद्धन्दी गोकर्ण पौडेलले ९३ मत ल्याएको निर्वाचन समितिले जनाएको छ ।

सहसचिवमा दशरथ घिमिरेले प्रतिद्धन्दी दामोदर बस्नेतलाइ १ सय २८ मत ल्याएर एक मतले अन्तरले हराएका छन् । समावेशि सहसचिवमा दिप्ती शिखा चौधरीले १ सय २९ मत ल्याएर विजयी भएकि छिन् । उनका प्रतिद्धन्दी देवी भण्डारीले १ सय २६ मत ल्याएकि छिन् । कोषाध्यक्षमा शरद रेग्मीले १ सय ३८ मत ल्याएर विजयी भएका छन भने प्रतिद्धन्दी प्रेम विवश घर्तिले १ सय १० मत ल्याएका छन् ।

महिला सदस्यमा उमा भण्डारीले १ सय ५५,दलित सदस्य गिरीराज नेपालीले १५७,आदिवासी जनजाती सदस्यमा अन्जना चौधरीले १५७,
मधेसी सदस्यमा दुखहरण यादवले १५७, अन्य समावेशि सदस्य विवेक खड्काले १५७ मत ल्याएर विजयी भएका छन् ।

खुल्ला सदस्यमा उदय विसिले १५६,
कुलदिप न्यौपानेले १५५
जिवन नेपालीले १२२,
प्रेम तिवारीले १२९,
दिपक वोहोराले १४८,
एमकला भुषालले १४८,
सन्तोष केसीले १२१ र शिवराज खनालले १३९ मत ल्याएर विजयी भएका छन् ।

पराजित हुने सदस्यहरुमा मिना विश्वकर्माले ८८,
लक्ष्मण विश्वकर्माले ९८,
नविन कुमार चौधरीले ९८,
सन्तोष कुमार गुप्ताले ९२,
शिव घर्तिले १ सय,
ऋषि यादवले ७६,
एकराज भण्डारीले १ सय २०,
कमल वलीले ८९,
विष्णु आर्ट ९३,
माधव कंडेल ९३,
दिपक जिएम ९३,
लक्ष्मण बस्नेत ९३, शुनिल कुमार पोख्रेलले ९१ मत ल्याएका थिए ।

केन्द्रिय परीषद सदस्यमा नरेन्द्र केसीले १४६, भुपेन्द्र प्रकाश वलीले १३३, हेमराज शर्माले १२४, र सदर्शन रिजालले ११८ मत ल्याएर विजयी भएका छन् । संगित बस्यालले ११०, शुशिल कुमार बस्नेत, ११४, बसन्त विवश आचार्य ९५, शुरेश सुमन डांगी ९७, हिरामणि दुखिले २७ मत ल्याएर पराजित भएका छन् ।

प्रदेश परीषदमा वालाराम खड्काले सवैभन्दा बढि १४३,
लिलाधर वलीले १४१,
गोविन्द खड्काले १३८,
चेतन रेग्मीले १२०,
लक्ष्मण बस्नेतले ११३,
महेश रिजालले १०५,
विमल गौतमले १२०,
छवि पुरीले ११०, र अनन्त आरशिले ९९ मत ल्याएर विजयी भएका छन् ।

प्रदेश परीषद समावेशिमा निमुसंगम घर्तिले १३८,
विमला घर्तिले १३६,
लक्ष्मीमान चौधरीले १३६,
सारदा शर्माले १४१,
सुधासुमन ढकालले १२३,
राधेश्याम गुप्ताले १२९,
रिता लामाले १२८,
देव वहादुर यादवले १२२,
कल्पना विएमले १२१ मत ल्याएर विजयी भएका छन् ।

प्रदेश परीषद सदस्यमै ओम प्रकाश गुप्ताले १०२,
उज्वल आचार्यले ८९,
नारायण विवशले ९७,
प्रदिप पाण्डेले ९६,
विमल योगीले ९६,
टिकादत्त खनाल(सागर)ले ६२,
लोकराज साधकले ६८,
शालिकराम मुसाफिरले ८४,
शिवराज पन्थीले ८०,
श्रीधर भावुकले ८१,
कुलवीर चौधरीले ११९,
बसन्त परीयार १०८,
रमा पोख्रेल १०१,
सरीता सुवेदी १०७ मत ल्याएर पराजित भएको मुख्य निर्वाचन अधिकृत सुदिप गौतमले जानकारी दिएका छन् ।

प्रदेश कार्यसमिति र केन्द्रिय समितिका पदाधिकारीहरुको मतगणना शुक्रवार विहान ८ बजेदेखि हुने निर्वाचन कार्यालयलले जनाएको छ ।

प्रकाशित मिति : २०७७ चैत्र २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *