२०८१ चैत्र ९ गते शनिवार

दूर्गालालले लक्ष्मीलाई इतिहास रच्न दिएनन्


तुलसीपुर, चैत २६ । नेपाल पत्रकार महासंघ दाङ शाखाको अध्यक्षमा दूर्गालाल केसी निर्वाचित भएका छन् । प्रतिपर्धी लक्ष्मी आचार्यलाई झिनो मतअन्तरले पछि पार्दै केसीले निर्वाचन जितेका हुन । महासंघको दाङ शाखाको इतिहासमा यस पटक महिला पहिलो पटक नेतृत्वको लागि प्रतिपर्धामा उत्रिएको अवस्था थियो ।

दाङ शाखाको झन्डै ३० बर्षे इतिहासमा आचार्यले जितेको भए महिला नेतृत्वमा पुग्ने इतिहास रच्ने थिइन । आचार्यकै सुसुरा नारायणप्रशाद शर्माले स्थापना गरेको महासंघमा दूर्गालालकै अवरोधका कारण उनी इतिहास रच्नबाट बञ्चित भइन ।

दूर्गालालले पत्रकारिता हाल आचार्य सम्पादक रहेको नयाँ युगबोध राष्ट्रिय दैनिक बाटै सुरुवात गरेका थिए । यो लडाईलाई चौतारीका सम्बन्ध पत्रकारहरु मालिक र मजदुर बीचको लडाईको रुपमा अथ्र्याएका छन् ।

हाल दूर्गालाल कान्तिपुर दैनिकमा कार्यरत छन् । उनी नेपाल प्रेस चौतारीको तर्फबाट मैदानमा उत्रिएका थिए भने आचार्यले प्रेस संगठनको तर्फबाट मैदानमा उत्रिएकी थिइन ।

दुर्गालाललाई राप्रपा, बिप्लव लगाएका संगठनको साथ थियो भने लक्ष्मी नेपाल प्रेस यूनियन लगाएका संगठनहरुको समिकरणमा मैदानमा उत्रिएकी थिइन ।

प्रकाशित मिति : २०७७ चैत्र २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *