२०७८ बैशाख १ गते बुधवार

माओवादी त्यागेका ४ मन्त्रीको सांसद पद खोसियो

मन्त्रीपनि हुन नपाउने

काठमाडौं, चैत २६ । नेकपा माओवादी केन्द्र परित्याग गरि नेकपा एमालेमा गएका चार मन्त्रीको सांसद पद खोसिएको छ । ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, श्रममन्त्री गौरीशंकर चौधरी र सहरी विकास मन्त्री प्रभु साहको सांसद पद बिहीवारदेखि गुमेको हो । यो संगै उनीहरु चारै जनाको मन्त्री पद समेत गुम्ने भएको छ ।

सांसद नभएको ब्यक्ति मन्त्री हुन नपाउने प्राबधान अनुसार उनीहरु मन्त्रीबाट हटाइने छन् । गत मंगलबार माओवादी केन्द्रले ती चार सांसदलाई पदबाट हटाउन संसद सचिवालयलाई पत्र पठाएको थियो।

बिहीवारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उनीहरू सांसद नभएको सूचना प्रतिनिधि सभा बैठकमा जानकारी गराएका छन् ।

उनीहरु चारै जना २०७४ सालको चुनावमा माओवादी केन्द्रबाट निर्वाचित भएका ब्यक्तिहरु हुन । जस्ले तत्कालीन नेकपा भित्र विवाद उत्कर्षमा पुग्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओली समूह तर्फ लागेका थिए । सर्बोच्च अदालतले दूई पार्टी बीचको एकता भत्काई पूर्वबत अवस्थामा पु¥याइ दिएपछि उनीहरुले माओवादी त्यागेर एमालेमा लागेका ब्यक्तिहरु हुन ।

प्रकाशित मिति : २०७७ चैत्र २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *