२०८१ चैत्र ८ गते शुक्रवार

रुपन्देहीमा प्रेस युनियनका पोखरेल अध्यक्षमा निर्वाचित

कपिलबस्तु , चैत २६ । पत्रकार महासंघ रुपन्देहीमा लोकतान्त्रिक प्यानल विजयी भएको छ ।निर्वाचन परिनाम अनुसार लोकतान्त्रिक प्यानलबाट अध्यक्षमा रामराज पोखरेल निर्वाचित भएका छन् । पोखरेलले १६३ मत प्राप्त गर्दा उनका प्रत्यासी साझा प्यानलका दिनेश पाण्डेले १२० मत मात्रै प्राप्त गरेका थिए ।

त्यस्तै उपाध्यक्षमा पनि लोकतान्त्रिक प्यानलकै विश्वास ढकाल १९४ मत प्राप्त गरेका छन् । उनका प्रत्यासी साझा प्यानलका उम्मेद्वार हेमबहादुर पछाईले १०० मत प्राप्त गरेका थिए । त्यस्तै महिला उपाध्यक्षतर्फ साझा प्यानलकी अमृता अनमोल १४९ मत प्राप्त गरेकी छन । उनकी प्रत्यासी लोकतान्त्रीक प्यानलकी सन्जु पौडेलले १४८ मत प्राप्त गरेकी थिइन ।

कोषाध्यक्षमा पनि लोकतान्त्रिक प्यानलकै सञ्जय सौगात १५२ मत प्राप्त गरि निर्वाचित भएका छन् । उनका प्रतिपर्धी स्वस्तिक श्रेष्ठले १४६ मत प्राप्त गरेका थिए ।

सचिव पदमा पनि लोकतान्त्रिक प्यानलकै विनोद परियार विजयी भएका छन । परियारले १८५ मत प्राप्त गर्दा साझा प्यानलका लक्ष्मण पोखरेलले ११० मत प्राप्त गरेका थिए । सहसचिवमा पनि लोकतान्त्रिक प्यानलकै विरेन्द्र कुँवर १६७ मत प्राप्त गरि निर्वाचित भएका छन् । उनका प्रतिद्धन्दी केशव भण्डारीले १२२ मत प्राप्त गरेका छन ।

त्यस्तै समावेशी महिला सहसचिवमा लोकतान्त्रिक प्यानलकै माया केसी विजयी भएकी छन । उनले १८५ मत प्राप्त गर्दा साझा प्यानलका गोबिन्द्र घर्तीले १०८ मत प्राप्त गरे ।

त्यस्तै खुल्ला सदस्यमा लोकतान्त्रिक प्यानलका प्रदिप आचार्य, कबिराज अधिकारी, थानेश्वर घिमिरे, मोतिरामा न्यौपाने, प्रकाश पाण्डे, पुनहरि बेलवासे, महिला सदस्यमा हरिकला अधिकारी, जनताति सदस्यामा राज चौधरी, मधेसी सदस्य तर्फ राधेश्याम विश्वकर्मा विजयी भएका छन । प्रगतिशिल साझा प्यानलबाट प्रकाश आचार्य मात्रै खुल्ला सदस्यमा निर्वाचित भएका छन् ।

कपिलबस्तुमा करिब २० वर्षपछि पत्रकार महासंघको नेतृत्व प्रेस यूनियनले नेतृत्व गर्ने अवसर प्राप्त गरेको छ ।

प्रकाशित मिति : २०७७ चैत्र २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *