२०८१ जेष्ठ १५ गते मङ्गलवार

पत्रकार महासंघ रुकुम पश्चिमको अध्यक्षमा लक्ष्मण केसी

रुकुम पश्चिम, चैत २५ । नेपाल पत्रकार महासंघ रुकुम पश्चिम शाखाको अध्यक्षमा लक्ष्मण केसी निर्वाचित भएका छन् । केसी नेपाली काँग्रेस निकट नेपाल प्रेस युनियनका नेता हुन ।नेपाल प्रेस यूनियन र प्रेस चौतारीको संयुक्त प्यानलका रुपमा केसीले उम्मेदवारी दिएका थिए ।
फागुन २५ गते भएको निर्वाचन परिनाम अनुसार केसीले ६० मत प्राप्त गरेका छन् भने उनका प्रतिष्पर्धी प्रेस संगठनका हरि गौतमले ४७ मत प्राप्त गरेका थिए ।

रुकुम पश्चिम शाखामा १ सय २३ मतदाता रहेकोमा १ सय ७ मत खसेको थियो ।मत परिनाम अनुसार खुला उपाध्यक्षमा भने हरि गौतम प्यानलका गोपालप्रसाद रेग्मी र महिला उपाध्यक्षमा सिजन बाँठामगर, सचिवमा अध्यक्ष केसी प्यानल अन्तरगत प्रेस चौतारिका हिरा परियार, खुला सहसचिवमा गौतम प्यानलका नारायण ओली, समावेशि सह–सचिवमा पवित्रा खड्का, कोषाध्यक्षमा ज्ञानु गौतम निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरुमा प्रेस युनियान र प्रेस चौतारीको संयुक्त प्यानलबाट प्रेस चौतारीका राधा देबकोटा ,प्रेस युनियनबाट दिबस पोख्रेल ,सङगम देबकोटा , प्रेस संगठनबाट गौतम प्यानलका डिल्लीबहादुर खत्री, दिपेन्द्र खत्री र परिचन्द्र खत्री निर्बाचित भएका छन् ।

गौतम प्यानलबाट दलित सदस्यमा डिल्लीराज विक, जनजाति सदस्यमा केशर पुन, अन्य समावेशी सदस्यमा प्रमिला बुढा, महिला सदस्यमा केसी प्यानलबाट छिमा केसी निर्वाचित भएका छन् ।

प्रकाशित मिति : २०७७ चैत्र २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *