२०७८ बैशाख १ गते बुधवार

दाङमा लक्ष्मी आचार्य कि दुर्गालाल केसी ?


तुलसीपुर, चैत २४ । नेपाल पत्रकार महासंघ दाङ शाखाको नेतृत्वको लागि लक्ष्मी आचार्य र दुर्गालाल केसी प्यानलका बीचमा प्रतिपर्धा भइरहेको छ । दुबै समुह आ–आफ्नो प्यानलको पक्षमा मतमाग्न ब्यस्त छन् । जिल्लामा नेतृत्वको लागि महिला प्रतिपर्धामा उत्रिएको यो नै पहिलो पटक हो ।

नयाँ युवबोध राष्ट्रिय दैनिककी सम्पादक आचार्य दाङ शाखाको महासंघको इतिहासमा पहिलो महिला अध्यक्ष बनेर इतिहास रच्ने तयारीमा छिन । ‘हरेक संस्थले महासंघ मेरोपनि संस्था हो भन्ने गराउनु छ,’ आचार्यले भनिन् ‘महासंघको गरिमालाई थप उपचाईमा पु¥याउन मेरो उम्मेदवारी हो ।’ उनले श्रमजिबी पत्रकारको भौतिक र पेशागत सुरक्षा, हक हितका लागि आफु कटबद्ध भएर लागि पर्ने बताइन ।

जिल्लाका कुल २७७ मतदाता मध्य आफ्नो पक्षमा अत्यधिक बहुमत आउने उनले दाबी गरिन ।

‘ म निकै उत्साहित छु,’ उनले भनिन् ‘ नेपाल प्रेस युनियन लगाएतका झन्डै दर्जन जति संगठनहरुको समिकरणले स्पष्ट बहुमत हाम्रो पक्षमा देखाइ सकेको छ ।’

तीन दशक पछि महिला नेतृत्वमा पुग्ने अवसर आउन लागेको हुँदा आफु निकै उत्साहित र खुसी बनेको उनले बताइन ।

त्यस्तै अध्यक्षका अर्का प्रत्यासी दुर्गालाल केसीले पत्रकारलाई मर्यादित, सम्मानित र जबाफदेही बनाउनका लागि आफ्नो उम्मेदवारी परेको तर्क गरे ।

आफु र आफ्नो समुहले जित्ने दाबी गरेका उनले पेशागत मर्यादा र आचार संहिताको कार्यान्वनमा आफु निर्वाचित भएपछि भूमिका खेल्ने बताए । कान्तिपुर राष्ट्रिय दैनिकमा कार्यरत केसीले आफुले बिगत २० बर्षदेखि पत्रकारिता गर्दै आएको र भविस्यमा अध्यक्ष भइसकेपछि पनि रिपोटिङमा खटिने बताए ।

‘आशन र भाषणका लागि मेरो उम्मेदवारी हैन,’ उनले भने ‘ म श्रमजिबी पत्रकारकै हकहितका पक्षमा सर्मर्पित भएर खटिने छु ।’

उनले पत्रकार बौधिक बर्ग भएको हुँदा गोप्य र स्वतन्त्र मतदानका क्रममा आफुलाई अन्य संगठनका मतपनि आउने दाबी गरे ।

बुधवार (चैत २५) गते नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चुन्न देशब्यापारी निर्वाचन हुँदै छ ।महासंघमा पहिलो पटक केन्द्रदेखि जिल्लासम्म लोकतान्त्रिक बिधिबाट नेतृत्व चुन्न लागिएको छ ।जिल्लाका पत्रकारले पनि प्रदेश र केन्द्रको नेतृत्व चुन्न प्रत्यक्ष रुपमा सहभागी हुने अवसर पाएका छन् । त्यसैले यो पत्रकारका लागि उत्सब जस्तै बन्न पुगेको छ ।

देशभर झन्डै १४ हजार पत्रकार प्रत्यक्षरुपमा नेतृत्व चुन्न सामेल हुँदैछन् । नेतृत्वको लागि बिभिन्न संगठनहरुका बीचमा समिकरण निर्माण गरिएको छ । केन्द्रको समिकरण अनुसार प्रदेश र जिल्लामा समेत समिकरण बनाई नेतृत्वको दौडमा पत्रकारहरु मैदानमा उत्रिएका छन् ।

प्रकाशित मिति : २०७७ चैत्र २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *