दाङ, चैत २३ । लुम्बिनी प्रदेशमा हिउँदे अधिवेशन अन्त्य भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख धर्मनाथ यादवलाई सिफारिस गरे संगै हिउँदे अधिबेशन अन्त्य भएको हो ।
सरकारले प्रदेश सभाको हिउँदे अधिबेशन अन्त्य गर्ने निर्णय भएसंगै मंगलबार मध्यरात बाट बैठक अन्त्य हुने भएको छ । यसैबीच मुख्यमन्त्री शंकर पोख्रेलविरुद्ध नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समादबादी पार्टी मिलेर अविश्वासको प्रस्ताव पेश गर्न प्रदेश सांसदहरूको हस्ताक्षर संकलन थालेका छन् ।
त्यो चाल पाएपछि चलाखी पूर्वक प्रदेश सरकारले प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको एक प्रदेश सांसदले दाबी गरे । यद्यपी हस्ताक्षरको बारेमा जसपा स्पष्ट भइ नसकेको स्रोतले बताएको छ ।
प्रकाशित मिति : २०७७ चैत्र २३ गते सोमवार