२०८१ जेष्ठ १३ गते आइतवार

अपांगता भएका महिलालाई स्वास्थ्य शिक्षा तालिम

तुलसीपुर,चैत २१ । कोभिड–१९ जस्ता महामारीको संक्रमणबाट बच्न अपांगता भएका महिलाहरुलाई स्वास्थ्य शिक्षा सम्बन्धि ३ दिने तालिम तुलसीपुरमा सुरु भएको छ ।

अंपागता सेवा केन्द्र दाङको आयोजना तथा एबलिस फाउन्डेशनको सहयोग र राप्ती बहिरा सघं दाङको सहकार्यमा उक्त तालिम सुरु भएको हो ।

तालिमको शनिवार एक कार्यक्रमका बिच अपांगता बिज्ञ डाक्टर बिरेन्द्रराज पोख्रेलले पानसमा बत्ती बालेर उद्धघाटन गरेका हुन ।

अंपागता सेवा केन्द्र दाङका अध्यक्ष तिलसरा पुनको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोख्रेलले कोभिड–१९ ले अपांगता भएका व्यक्तीमा बढी प्रभाव पारेको बताए ।

कोभिडबाट संक्रमण हुने दर पनि अन्य व्यक्तीको तुलनामा अपांगता व्यक्तीमा बढी देखिएको उनले बताए ।

उनले अपांगता व्यक्ती मध्ये पनि बैशाखी,ह्वीलचियर प्रयोग गर्ने व्यक्तीहरु अझ बढी समस्यामा परेको बताए ।

कोभिडले मात्र होइन अन्य सरुवा रोगको पनि अपांगता भएका व्यक्तीमा जोखिम बढी हुने हुदाँ सरकारले जारी गरेको निर्देशिका कार्यान्वयन गर्न आवश्यक रहेको डाक्टर पोख्रेलको भनाई छ ।

कार्यक्रममा राष्ट्रिय अपांगता महासघं लुम्बिनी प्रदेशका प्रमुख देवीदत्त आचार्यले अझैपनि समाजमा अपांगता भएका व्यक्तीहरुलाई तुच्छ व्यवहार गर्ने गरेको भन्दै यसलाई चिर्न जरुरी रहेकोमा जोड दिए ।

त्यस्तै महिलाअधिकारकर्मी सुस्मा गिरीले अपांगता भएका व्यक्तीहरुलाई राज्यले दिने सुचनाको अभाव देखिएको बताइन ।

अंपागता सेवा केन्द्र दाङका सदस्य नन्दा परियारको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव सरिता नेपालीले गरेकी थिइन ।

३ दिने तालिमको प्रशिक्षकमा अपांगता बिज्ञ डाक्टर बिरेन्द्रराज पोख्रेल, राष्ट्रिय अपांगता महासघं लुम्बिनी प्रदेशका प्रमुख देवीदत्त आचार्य,सल्लाहाकार प्रतिमा शर्मा ,तुलसीपुर उपमहानगरपालिका महिला बाबबालिका शाखा अधिकृत माया श्रेष्ठ लगाएतका रहेका छन ।

तालिममा २० जनाको सहभागीता रहेको छ ।

 

 

प्रकाशित मिति : २०७७ चैत्र २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *