२०८१ चैत्र १३ गते बुधवार

माओवादी केन्द्रको स्थायी कमिटि बैठक बस्दै

काठमाडौँ, चैत्र १९। नेकपा माओवादी केन्द्रको स्थायी कमिटि बैठक बिहीबार बस्दैछ । पार्टी कार्यालय पेरिसडाँडामा बिहान ९ बजेपछिका लागि बैठक बोलाइएको हो ।

बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा छलफल हुने र निर्णय लिन सकिने एक स्थायी कमिटि सदस्यले बताएका छन् ।

सर्वोच्च अदालतको फैसलापछि नेकपा एकता भंग भई पूर्ववत अवस्थामा फर्किए पनि माओवादी केन्द्रले केपी शर्मा ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन ।

केही दिनअघि माओवादी अध्यक्ष प्रचण्डले समर्थन फिर्ता लिने निर्णयका लागि अब धेरै दिन नलाग्ने बताएका थिए ।

प्रकाशित मिति : २०७७ चैत्र १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *