२०८१ जेष्ठ ८ गते मङ्गलवार

यातायात मजदुरको तलब भत्ता नियमित रुपमा उपलब्ध गराउन ब्यबासयी सहमत

चैत्र, १७ । दाङका यातयात मजदुरले गरेको अनिश्चितकालिन यातायात बन्द ६ बुँदे सहमतिसंगै खुलेको छ ।चक्काजाम लगायतका सशक्त विरोधका कार्यक्रम सार्वजनिक गरेर मंगलबार बिहानैदेखि आन्दोलनमा उत्रिएका यातायात मजदुरहरुसंग जिल्ला प्रशासनमा भएको सहमति पछि आन्दोलनका कार्यक्रम हाललाई स्थगित गर्ने निर्णय भएको हो । त्यास संगै दिउँसो १ बजेपछि यातायात सुचारु भएका थिए ।

यातायात मजदुर, यातायात व्यवसायी, प्रशासनको संयुक्त बैठकले मजदुरका समस्या समाधान गर्न एक विशेष समिति पनि गठन गरेको छ । प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलको अध्यक्षतामा छलफल भएको थियो । उक्त छलफलमा यातायात मजदुरको तलब भत्ता नियमित रुपमा उपलब्ध गराउन यातायात व्यवसायीहरु सहमत जनाएका थिए ।

त्यस्तै सबै यातायात व्यवसायीहरुको सामाजिक सुरक्षा कोष ऐन, २०७४ कार्यान्वयन गर्न यातायात व्यबसायी सहमत भएका छन् ।

नेपाल सरकार, नेपाल यातायात महासंघ र तीन वटै मजदुर ट्रेड युनियन बीच भएको संयुक्त बैठकले गरेको निर्णय कार्यान्वयनमा सहयोग गर्ने निर्णय गरेका छन् । त्यस्तै, मजदुरहरुलाई कोरोना भाईरस विरुद्धको भ्याक्सिन प्राथमिकतामा राखेर लगाउने सहमति पनि भएको छ । प्रमुख जिल्ला अधिकारी पौडेलले कोरोना विरुद्धको भ्याक्सिन आउनासाथ प्राथमिकताका साथ खोप लगाउने प्रवन्ध मिलाउने प्रतिबद्धता जनाएका थिए ।

त्यस्तै, यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि ४ वटा सम्वद्ध निकायको विशेष समिति गठन गरी १५ दिनभित्र रायसुझाव पेश गर्ने सहमति भएको छ । उक्त समितिको संयोजकमा यातायात व्यवस्था कार्यालय तुलसीपुरका प्रमुखलाई तोकिएको छ । उक्त समितिमा जिल्लामा रहेका ७ वटा यातायात प्रालिका प्रतिनिधि, ३ मजदुर संगठनका प्रतिनिधि र जिल्ला ट्राफिक प्रहरी प्रमुखलाई समावेश गरिएको छ ।

उक्त समितिले अबको १५ दिनभित्रमा रायसुझावसहितको समस्या समाधानको मार्ग प्रशस्त गर्ने गरी जिम्मेवारी प्रदान गरिएको दाङका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए । सहमति पत्रमा ३ वटै यातायात मजदुर संगठन, यातायात व्यवसायी प्रतिनिधि, प्रहरी प्रमुखलगायतले हस्ताक्षर गरेका छन् ।

नेपाल यातयात स्वतन्त्र मजदुर संगठन जिल्ला कमिटी दाङ, नेपाल यातयात मजदुर संघ इकाई तुलसीपुर र अखिल नेपाल यातयात मजदुर सघं दाङले संयुक्त रुपमा चक्का जामको आह्वान गरेका थिए ।

यातायात मदजुरहरुले तलव भत्ता र सेवा सुविधा नपाएको भन्दै बिरोधमा अनिश्चितकालिन यातायात बन्द गर्दा बिहानैदेखि जिल्लामा यातायात बन्द हुँदा यात्रुलाई सास्ति भएको थियो । समस्या समाधानका लागि भएको छलफल कार्यक्रमको सहजीरकण त्रिसिद्धेश्वरी राप्ती यातायात प्रालिका प्रेस संयोजक शरद रेग्मीले गरेका थिए ।

प्रकाशित मिति : २०७७ चैत्र १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *