२०७८ बैशाख १ गते बुधवार

दाङका यातायात मदजुरको आन्दोलनले बिहानै देखि यातायात ठप्प

तुलसीपुर, चैत १७ । यातयात मजदुरले गरेको चक्का जामका कारण मंगलबार बिहानैदेखि दाङमा सार्वजनिक सवारीका साधन सञ्चालनमा आउन सकेका छैनन् । नेपाल यातयात स्वतन्त्र मजदुर संगठन जिल्ला कमिटी दाङ,नेपाल यातयात मजदुर संघ इकाई तुलसीपुर र अखिल नेपाल यातयात मजदुर सघं दाङले संयुक्त रुपमा चक्का जामको आह्वान गरेका हुन ।

उनीहरुले दूई दिन अगाडि तुलसीपुरमा पत्रकार सम्मेलन गरि मदजुरहरुले तलव,भत्ता र सेवा सुविधा नपाएको भन्दै बिरोधमा अनिश्चितकालिन यातायात बन्द गर्ने चेतावनी दिएका थिए । आँफुहरु कोरोना महामारीका कारण लामो समयसम्म मारमा परेको र पछिल्लो समय प्रालि सञ्चालक व्यवसायिहरुको अस्वस्थ्य प्रतिस्पर्धाका कारण यातयात मजदुरहरुको रोजीरोटी गुम्ने स्थिति आएको हुँदा आन्दोलनमा उत्रनु परेको नेपाल यातयात स्वतन्त्र मजदुर संगठन जिल्ला कमिटी दाङका अध्यक्ष केशवबहादुर भण्डारीले बताए ।

उनीहरुले यातयात मजदुर तथा बुकिङ् कर्मचारीहरुले सहज रुपमा तलब भत्ता पाउन पर्ने, नेपाल सरकारले जारी गरेको सामाजिक सुरक्षा कोष ऐन २०७४ सम्बन्धित यातयात प्रालिहरुले लागु गरि कार्यान्वयन गर्नुपर्ने र कार्यान्वयनका लागि नेपाल सरकारले तदारुकता देखाउनुपर्ने उनले माग गरे ।

त्यस्तै नेपाल सरकारले ल्याएको कोभिड भ्याक्सिन खोप अभियानमा प्राथमिकताको आधारमा यातयात मजदुर तथा बुकिङ कर्मचारीहरुलाई समावेश नगरिएको भन्दै उनले आपत्ति जनाए ।

आफ्ना मागहरु कार्यन्वयन लागि सम्बन्धित यातयात प्रालिका पदाधिकारी संग बार्ता÷छलफल गरेर मागहरु राखे पनि कार्यान्वयनमा कुनै चासो नदेखाएको हुँदा आफुहरु आन्दोनलमा जान बाध्य भएको भण्डारीले दाबी गरे । उनले आन्दोलनका कार्यक्रम अन्तरगत पहिलो चरणमा जिल्लामा सार्वजनिक यातयात सेवा ठप्प पार्ने र माग पुरा नभए सम्पूर्ण यातयात क्षेत्रभरी बन्द गर्ने कार्यक्रम रहेको बताए ।

बन्द कर्ता बिहान तुलसीपुरका चोकहरुमा अटो रिक्सा समेत सञ्चालनमा रोक लगाउँदै हिडेका देखिन्थे । अहिले जिल्ला प्रशासन कार्यालय घोराहीमा मजदुर संगठन र प्रमुख जिल्ला अधिकारीका बीचमा समस्या समाधानका लागि छलफल भइरहेको छ ।

प्रकाशित मिति : २०७७ चैत्र १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *