दाङ, चैत १२ । घुम्न गएको समया घरबेटीको छोरीलाई नशालु पदार्थ खुवाई बलात्कार गरेको अभियोगमा एक युवा पक्राउ परेका छन् ।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २० राँझा घर भएकी १९ बर्षीया युवतीलाई भ्रमणमा लैजाने बाहानामा होमस्टेममा पु¥याई पिय पदार्दमा नशालु पदार्थ खुवाई बलात्कार गरेको अभियोगमा २४ बर्षीय मिमबहादुर बुढा पक्राउ परेका छन् ।
बाँकेका निमित्त प्रहरी प्रमुख डिएसपी सुवाश खड्काका अनुसार पक्राउ परेका बुढा हुम्ला जिल्लाको सर्केगाड गाउँपालिका वडा नं. १ घर भइ बिगत दश बर्षदेखि तीनै युवतीको घरमा भाडामा बस्दै आएका थिए ।
अभियुक्त बुढाले पीडितकी आमा संग गत मंसिर ५ गतेका दिन घरबाटै बहिनी संगै घुम्न जान्छौ भनेर बाँकेको बैजनाथ गाउँपालिका वडा नं। १ गाभर भ्यालीको होमस्टेमा लगेर जुसमा लागु औषध खुवाई नाईट्राजेपाम खुवाई बेहोस बनाइ जवरजस्ति करणी गरेका अभियोग लागेको छ ।
बुढाले ती युवतीलाई मंसिर ६ गते अचेत अवस्थामै घरमा लगेर छोडेर बेत्तपा भएका थिए । त्यसपछि पीडित युवतीको भेरी अस्पताल नेपालगञ्जमा उपचार भएको थियो ।
फरार अभियुक्त बुढाको खोजी गर्ने क्रममा प्रहरीले चैत ८ गते काठमाडौंको हाँडीगाउँबाट लुकिछिपी बसेको अवस्थामा पक्राउ परेको गरिएको प्रहरीले जनाएको छ ।
मुलुकी फौजदारी संहिता अनुसार यस्तो कसुरमा संलग्न व्यक्तिलाई ७ बर्षदेखि १० बर्षसम्म कैद हुन सक्ने व्यवस्था रहेको छ ।