२०७८ बैशाख ४ गते शनिवार

गर्भबति बुहारीलाई मट्टितेल छर्किर हत्या गर्न खोज्ने अभियुक्त ससुरा ७ बर्षपछि पक्राउ

दाङ, चैत ११ । बुहारीलाई मट्टितेल छर्किएर आगो लगाई हत्या गर्न खोजेको अभियोग खेपेका ७५ बर्षीय ससुरा ७ बर्षपछि पक्राउ परेका छन् ।

२०७० चैत २ गते साविक लक्षमणपुर गाविस वडा नं. ८ र हालको नरैनापुर गाउँपालिका वडा नं. २ निवासी २३ वर्षीया रिहाना शेष ढपालीलाई उनका श्रीमान फरिद शेष ढपाली,ससुरा हनिफ शेष ढपाली,सासु सजहाद खाँले मट्टितेल छर्केर आगो लगाई हत्याको प्रयास गरेका थिए ।

जतिबेला रिहान सात महिनाकी गर्भवती थिइन ।

घटनामा प्रत्यक्ष संलग्न रिहानाका श्रीमान फरिद र सासु सजहाद अझै फरार छन ।

घरपरिवारले आगो लगाएपछि गम्भीर घाइते भएकी रिहानालाई त्यसपछि उनीहरुले कसैलाई थाहाँ समेत नदिई उपचारका लागि भारत लगेका थिए ।
भारतमा केही समय उपचार पछि केही सञ्चो लागेपछि उनीहरुले घाइते रिहानलाई घर फिर्ता ल्याएपछि मात्रै माइतीलाई खवर गरेका थिए ।

त्यसपछि बल्ल रिहानका माइतीले प्रहरीलाई घटनाबारे सूचना दिएका थिए । बल्ल रिहानलाई उद्धार गरि उपचारका लागि भेरी अस्पताल नेपालगञ्ज लगिएको थियो ।

बिभिन्न संघ संस्थाको सहयोगमा आर्थिक संकलन पछि अनि रिहानको उपचार काठमाडौंमा भएको थियो । रिहानको उपचार लामो समय सम्म चलेको थियो ।

फरार अभियुक्त हनिफ शेष ढपाली पछिल्लो समय नरैनापुर गाउँपालिका वडा नं. १ सुइया आसपासमा लुकिछिपी बसेको सूचना पाएपछि प्रहरी निरीक्षक वसन्त गौतमको कमण्डमा गएको टोलीले उनलाई नियन्त्रणमा लिएको जिलला प्रहरी कार्यालय बाँकेका निमित्त कार्यालय प्रमुख सुबाश खड्काले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ चैत्र ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *