२०८१ बैशाख ८ गते शनिवार

तुलसीपुरमा मेयर कप टि–२० क्रीकेट प्रतियोगिता हुने

लक्ष्मण बस्नेत, तुलसीपुर,चैत १० । तुलसीपुर उपमहानगरपालिका स्तरिय मेयर कप टि–२० क्रीकेट प्रतियोगिता २०७७ हुने भएको छ ।

तुलसीपुर उपमहानगरपालिकाको आयोजना तथा त्रिशिद्धेश्वरी स्पोर्ट्स क्लब तुलसीपुरको ब्यबस्थापनमा सञ्चालन हुन लागेको हो ।

प्रतियोगिता महेन्द्र मा.वि तुलसीपुरको खेलमैदानमा सञ्चालन हुन लागेको प्रतियोगिता यहि चैत २७ गते देखी सुरु हुुनेछ ।

तुलसीपुर क्षेत्रमा क्रिकेट खेलको बिकास र बिस्तारसंगै प्रतिभावान खेलाडीको पहिचान र बिकासमा टेवा पु¥याउने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको तुलसीपुर उपमहानगरपालिका युवा तथा खेलकुद समितिका संयोजक अमर नेपाली (माईकल) ले जानकारी दिए ।

भौतिक संरचना, खेल गतिविधि र प्रशिक्षण अभावका हिसाबले पछाडी परेको तुलसीपुर क्षेत्रको क्रिकेटलाई मेयर कपका माध्यमबाट चलाएमान बनाउन प्रतियोगिताको आयोजना गरिएको संयोजक नेपालीले बताए ।

उनका अन्ुसार झण्डै एक साता चल्ने प्रतियोगितामा तुलसीपुर उपमहानगर क्षेत्र का १९ वडाका टिमको सहभागिता हुनेछ । खेलहरु नकाउट प्रणालीका आधारमा खेलाईनेछ ।

यसैबिच प्रतियोगिता ब्यबस्थापनको जिम्मा पाएको त्रिशिद्धेश्वरी स्पोर्ट्स क्लब तुलसीपुरले तयारीलाई तिब्र पारेको छ ।

टिम सहभागिताका लागि पत्राचार, प्रचार प्रसार,खेलमैदान निर्माण लगाएतका आन्तरिक तयारीलाई तिब्र पारिएको क्लबका अध्यक्ष कमल डाँगीले जानकारी दिए ।

 

प्रकाशित मिति : २०७७ चैत्र १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *