२०७८ बैशाख ३१ गते शुक्रवार

पब्लिक ज्ञानज्योतिको विद्यार्थी बोकेको बस दूर्घटना, ७ जना जति विद्यार्थी घाइते

बसले च्यापेका एक विद्यार्थीको उद्धार गर्न डोजर पठाईयो

तुलसीपुर , चैत १० । तुलसीपुरस्थित पब्लिक ज्ञान ज्योति माविको विद्यार्थी बोकेको बस दूर्घटनामा परेको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ कोठरीमा बिहान प्लस टूका विद्यार्थी ल्याएर बजार तर्फ आउँदै गरेको बस दूर्घटनामा परेको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुका प्रमुख डिएसपी शिवबहादुर सिंहले दूर्घटनामा ६÷७ जना घाइते भएको भन्ने खवर आएको र आफु घटनास्थल तर्फ गइरहेको बताए ।

‘ ७ जना जति विद्यार्थी घाइते भएको भन्ने छ र एकजना अझैंपनि बसले च्यापेको अवस्थामा रहेको भन्ने छ,’ डिएसपी सिंहले भने ‘ च्यापिएका विद्यार्थीलाई निकाल्न भनेर डोजर पठाइ सकेका छौं ।’

समयमै डोजर उपलब्ध नहुँदा च्यापिएका बिद्यार्थीको उद्धारमा समस्या भएको भन्ने कुरा आएपछि तत्काल डोजरको व्यवस्था गरि पठाइएको उनले बताए ।

घटनाका घाइतेलाई उपचारका लागि तुलसीपुर ल्याइएको र केहीलाई ल्याउने क्रम जारी रहेको डिएसपी सिंहले बताए ।

दूर्घटनाको कारण खुल्न नसकेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७७ चैत्र १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *