तुलसीपुर, चैत ९। मनोरञ्जनका नाउँमा हुने विभिन्न प्रकारका श्रमशोसण र हिंसा अन्त्यका गर्नका लागि अभियान चलाउन आवश्यक रहेको तुलसिपुरमा आयोजित एक कार्यक्रमका सहभागीहरुले वताएका छन । महिलाका निम्ति महिला मञ्च नेपालले सरोकारवाला संग सोमवार आयोजना गरेको कार्यक्रममा सहभागीले सो कुरामा जोड दिएका हुन ।
कार्यक्रममा तुलसिपुर उपमहाँनगरपालिका न्यायीक समितिकी सदस्य यमुना परियार र जनप्रतिनिधि युवा कराराले मनोरञ्जन मानव जिवनको अभिन्न अंग जस्तै वनिसकेको भएपनि त्यो पेशा अंगालेका महिला दिदी वहिनीलाई हेर्ने सोच परिवर्तन गर्न जरुरी रहेको वताएका हुन ।
अहिले पनि समाजमा महिलालाई हेर्ने दृष्टिकोण सोचे अनुरुप सकारात्मक नपाइएको वताउदै त्यसको अन्त्यका लागि सवैको साथ र सहयोग आवश्यक रहेको उनीहरुले बताए ।जनप्रतिनीधि भएपनि मनोरञ्जन क्षेत्रको विषयमा केही गर्न नसकेको अनुभुति कराराले साटिन ।
कार्यक्रममा अधिकारकर्मीहरु सुष्मा गिरी र हुमा डिसी अहिले विगत देखी नै दोहोरी साँझ, होटेल, रेष्टुरेन्ट, पार्लर, मसाज सेन्टर, क्यासिनो लगाएतका ठाँउमा विभिन्न वहानामा शोसण,दमन र हिंसा हुने गरेको वताए । न्यूनिकरणका लागि स्थानीय तह, प्रदेश र संघीय सरकारको भूमिका महत्वपुर्ण रहने उनीहरुले बताए ।
कार्यक्रममा बाल अधिकारकर्मी स्यानी चौधरी, दलित अधिकारकर्मी राधिका परियार,नरवहादुर रोका क्षेत्री लगाएतकाले मनोरञ्जनका क्षेत्रहरु गतिलो मापदण्ड निर्माण गर्न आवश्यक रहेको वताए । समय समयमा अनुगमन र छड्के चेकिङ गर्न जरुरी रहेको भन्दै उनीहरुले कसैको जीवन संग खेल्ने अधिकार कसैले सहजै पाउन नहुने धारणा राखे ।
कार्यक्रममा उपभोक्ताहित संरक्षण मञ्चका केशवकुमार शर्माले हरेक क्षेत्रमा पटक पटक अनुगमन गर्दै आएको भए पनि मनोरञ्जनका क्षेत्रमा आज सम्म कसैको आँखा पुग्न नसकेको बताए ।
महिलाका निम्ति महिला मञ्च नेपालकी अध्यक्ष यशोदा केसीले मनोरञ्जन अधिकारको माध्यम वनेका दोहोरी साँझ, होटेल, रेष्टुरेन्ट, पार्लर, मसाज सेन्टर, क्यासिनो लगाएत यी ठाँउ कहिकतै नियम वाहिर गएर सञ्चालन हुन दिन नहुने बताइन । महिला, वालिका हिषाँ र श्रमको शिकार वन्न नपरोस भन्ने नै संस्थाको मुल उद्येश्य रहेको उनले बताइन ।