२०८१ चैत्र ३ गते आइतवार

लोकतन्त्र र संविधान अप्ठेरो पर्दा काँग्रेस चुप लागेर बस्दैन – दीपक गिरी

तुलसीपुर, चैत ९ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले अहिले संविधान र लोकतन्त्रलाई धरापमा पार्ने खेल सुरु भएको हुँदा त्यसको रक्षाको लागि लाग्न आग्रह गरेका छन् ।पूर्व मन्त्री गिरीले लोकतन्त्र संविधान रक्षाका लागि काँग्रेस जहिले पनि लड्दै आएको भन्दै अव पनि चुप लागेर नबस्ने बताए ।

नेपाली काँग्रेस वडा इकाई समिति ४ ले खाद्रेमा आयोजना गरेको कार्यकर्ता भेटघाट र पार्टी प्रवेश कार्यक्रममा प्रमुख अतिथि गिरीले कम्यूष्टिहरुको अपवित्र गठवन्द गरेर जनता झुक्याएको हुँदा आज देशमा समस्या उत्पन्न भएको दाबी गरे । गिरीले काँग्रेस बलियो भएमा मात्रै देशको विकास र लोतन्त्रको रक्षा हुने बताए ।

कार्यक्रममा क्षेत्रीय सभापति जगतबहादुर खड्काले व्यक्ति भन्दा पनि संस्था ठूलो भएको भन्दै एक ढिक्का भएर काँग्रेसको पक्षमा जनमत सिर्जनागर्न आग्रह गरे ।क्षेत्र नं. ३ (क) का सभापति घनश्याम ढकालले काँग्रेसलाई बलियो बनाउनका लागि गूटगत स्वार्थ भन्दा माथि उठ्न सक्नुपर्ने बताए ।

वडा नं. ४ का वडा सभापति बालाराम खड्काको अध्यक्षतामा भएको कार्यक्रममा काँग्रेस नेता जोजेन्द्र विश्वकर्मा, पूर्णबहादुर खड्का , वडा नं. ७ का वडाध्यक्ष टोपबहादुर केसी, महिला संघकी क्षेत्रीय अध्यक्ष चित्रा गिरी, क्षेत्रीय सदस्य कमला विक, तरुणदल दाङका जिल्ला उपाध्यक्ष मुक्तिप्रसाद न्यौपाने, कृष्ण खड्का, शोभाराम बुढाथोकी लगायतले काँग्रेसको संगठन बलियो बनाउन लाग्नुपर्ने बताएका थिए ।

वडा नंं ४ का उपसभापति लेखकुमार कार्कीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण क्षेत्रीय प्रतिनिधि दामोदर न्यौपानेले गरेका थिए ।त्यसक्रममा विभिन्न पार्टी परित्याग गरि ८० जना काँग्रेसमा पार्टी प्रवेश गरेका थिए ।

प्रकाशित मिति : २०७७ चैत्र ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *