२०८१ चैत्र १४ गते बिहिवार

बर्तमान सरकारका कारण नेपालीको टाउकोमा ऋणको भार बढ्योः पूर्व अर्थमन्त्रि महत


दाङ, चैत ८ । १७ बुदे लुम्विनी घोषणा पत्र जारी गर्दै नेपाल शिक्षक संघ लुम्विनी प्रदेशको तेस्रो प्रतिनिधि सभा लुम्विनीमा सकिएको छ । संघका लुम्विनी प्रदेश अध्यक्ष अर्जुनकुमार योगीको अध्यक्षता एंव नेपाली काँग्रेसका नेता डा. रामशरण महतको प्रमुख आतिथ्यतामा संघको तेस्रो प्रतिनिधि सभा भएको हो ।

लुम्विनी प्रदेशभित्र रहेका १२ वटै जिल्लाका नेपाल शिक्षक संघका प्रतिनिधिहरुको सहभागितामा भएको सभाले १७ बुदे लुम्विनी घोषणा पत्र जारी गरेको छ । घोषणा पत्रमा सरकार र शिक्षक महासंघबीच भएको ३० बुदे सम्झांैता कार्यान्वयन गर्नुपर्ने, शिक्षक अस्पतालको ब्यवस्थापन गर्नुपर्ने, संवैधानिक शिक्षा आयोगको गठन गर्नुपर्ने, बालबिकास, विद्यालय कर्मचारी, राहत शिक्षक साविकको उच्च मावि शिक्षक, प्राविधिक धारका शिक्षकलाई दरवन्दी कायम गरी स्थायी गर्नुपर्ने, बालबिकासमा कार्यरत शिक्षक तथा विद्यालय कर्मचारीलाई नेपालको श्रम कानुन अनुसार तलव दिनुपर्ने, प्रावि शिक्षकको गे्रड समायोजन गर्नुपर्ने लगायतका रहेका छन ।

प्रतिनिधिसभाले संघका लुम्विनी प्रदेश अध्यक्ष अर्जुनकुमार योगीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम, उपाध्याक्ष महिला शान्ति योगीको महिला प्रतिवेदन, महासचिव लालप्रसाद पङगेनीको सांगठनिक प्रतिवेदन, महासचिव अर्थ सीता शर्माको आर्थिक प्रतिवेदन पारित गरेको छ ।

कार्यक्रममा पूर्व अर्थमन्त्री एंव नेपाली काँग्रेसका नेता डा. रामशरण महतले कम्यूनिष्टको नेतृत्वमा बनेको वर्तमान सरकारका कारण देशको आर्थिक बृद्धि हुनै नसकेको दावी गरे । अहिलेको सरकार सत्ता लुछाचुडीमा लिप्त भएको हुँदा देशको बिकास लागि कुनै योजना ल्याउनै नसकेको महतले आरोप लगाए । बढ्दो भ्रष्टाचार, दिर्घकालिन योजनाको अभाव लगायतका कारणले अहिले नेपालको बैदेशिक ऋण बढेको उनले बताए ।

‘मूलकको आर्थिक अवस्था जर्जर हुदै गएको छ,’ पूर्व अर्थमन्त्री महतले भने ‘काँग्रेसले सरकार छोड्दा नेपालीको प्रतिब्यक्ति ऋण २३ हजार मात्रै थियो अहिले बढेर ४० हजार पुगिसकेको छ ।’ अहिलेको सरकारको काम गर्ने तरिका सुशासनको अभाव र दण्डहिनता बढेकै कारण बिश्वका दातृ संस्थाहरुले नेपाललाई विश्वास गर्न छाडेको महतले बताए ।

त्यस्तै कार्यक्रमका बिशिष्ट अतिथि नेपाल शिक्षक संघका संघीय अध्यक्ष राजेन्द्रराज पौडेलले नेपाल शिक्षक महासंघको वर्तमान नेतृत्व सत्तासंग साँठगाठ गरेकै कारण सरकार र नेपाल शिक्षक महासंघबीच भएको ३० बुदे सम्झौता कार्यान्वयनमा ढिलाई भएको बताए ।

कार्यक्रममा उत्कृष्ट कृयाकलाप गर्ने जिल्लाका रुपमा नेपाल शिक्षक संघ दाङलाई सम्मान गरिएको छ । महिला अध्यक्ष भएका जिल्लाहरु मध्य उत्कृष्ट काम गर्ने प्यूठानलाई सम्मान गरिएको छ ।

प्रकाशित मिति : २०७७ चैत्र ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *