२०८१ जेष्ठ १७ गते बिहिवार

पत्रकार महासंघमा निर्वाचन गराउन कार्यतालिका सर्वाजनिक

अन्तिम नामावली प्रकाशन चैत १४ गते साँझ ६ बजेसम्म

दाङ, चैत ८ । नेपाल पत्रकार महासंघ केन्द्रीय निर्वाचन समितिले चैत २५ गते हुने निर्वाचनको कार्यतालिका प्रकाशन गरेको छ।जस अनुसार चैत ८ गते बेलुकी ५ः १५ बजे मतदाता नामावली प्रकाशन, नामावली उपर दाबी विरोध चैत ९ गते दिउँसो १२ ः ३० बजेदेखि चैत १० गते दिउँसो १२ ः ३० बजेसम्म गर्न पाउने समय तोकिएको छ ।

तालिका अनुसार मतदाताको अन्तिम नामावली चैत ११ गते दिउँसो ४ बजे प्रकाशन हुने उल्लेख छ ।
त्यस्तै उम्मेदवारी मनोनयन चैत १२ गते बिहान १०ः३० बजेदेखि दिउँसो ४ बजेसम्म, उम्मेद्वारको अन्तिम नामावली प्रकाशन चैत १२ गते साँझ ६ बजेसम्म तोकिएको छ ।

उम्मेद्वार उपर दाबी विरोध चैत १३ गते बिहान १० ः ३० बजेदेखि दिउँसो ४ बजेसम्म, उम्मेदवारले नाम फिर्ता लिने समय चैत १४ गते दिउँसो ४ बजेसम्म तोकिएको छ।

त्यस्तै उम्मेद्वारको अन्तिम नामावली प्रकाशन चैत १४ गते साँझ ६ बजेसम्म तोकिएको छ । त्यस्तै मतदान चैत २५ गते बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म तोकिएको छ । महासंघको संशोधित विधानअनुसार यसपटक सबै साधारण सदस्यले जिल्ला, प्रदेश र केन्द्रका सबै पदाधिकारी एवं सदस्यका लागि मतदान गर्न पाउने व्यवस्था गरिएको छ ।

मतदान आफू सदस्य रहेको शाखाबाट नै गर्न पाइने सुविधा प्रदान गरिएको छ । प्रदेश, जिल्ला, प्रतिष्ठान र एसोसियट संस्थाको निर्वाचन कार्यक्रम सम्बन्धित कार्यतालिका एकाईकै निर्वाचन समितिले सार्वजनिक गर्ने केन्द्रीय पदाधिकारीले जनाएका छन् ।

ती एकाईको मनोनय दर्ता लगायत प्रक्रिया पनि सम्बन्धित एकाईमै हुनेछ। महासंघमा देशभरबाट करिब १४ हजार साधारण सदस्य नयाँ नेतृत्व चुन्न सहभागि हुने छन् । दाङमा पनि नेतृत्वका आकांक्षीहरुको दौडधुप सुरु भएको छ ।

प्रकाशित मिति : २०७७ चैत्र ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *