तुल्सीपुर,चैत ७ । नेपाल पत्रकार महासघ दाङका पूर्व सचिव तथा हालका केन्द्रीय सभासद् सुदर्शन रिजाल,गोरक्ष राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक खेमराज रिजाल,सुभ चिन्तक मुकुन्द रिजाल,ऋषिकेश रिजालका बुबा एबम् नेपाल पत्रकार महासंघ दाङका सदस्य राधा पौडेलका ससुरा मिनराज रिजालको निधनको १० औं दिनको अवसरमा श्रदान्जली सभा कार्यक्रम भएको छ ।
शनिबार नेपाल पत्रकार महासंघ,नेपाल प्रेस युनियन,प्रेस चौतारी,प्रेस सेन्टर,प्रगतिशील पत्रकार संघ दाङको संयुक्त आयोजनामा रिजाल निवास मा श्रदान्जली सभा भएको हो ।
नेपाल पत्रकार महासंघका अध्यक्ष सविन प्रियासनको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि संघका सल्लाहाकार सुदीप गौतमले समाज परिवर्तनका लागि स्व. रिजालले गरेको संघर्ष र त्याग अतुलनिय रहेको बताए ।
उनले रिजाल परिवारले सामाजिक,पत्रकारिता, शिक्षा, स्वास्थ्य लगाएतका क्षेत्रमा परिवर्तनका लागि समाजलाई प्रतिनिधिहरू दिएको बताए ।
प्रजातन्त्र सेनानी समेत रहेका स्व.रिजालको अधूरा सपना पुरा गर्न शोकलाई शक्तिमा बदल्दै बुबाले देखाको बाटोमा हिड्न परिवारलाई आग्रह समेत गरे ।
कार्यक्रममा स्व.रिजालका कान्छा छोरा सुदर्शन रिजाल,नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष लिला शाह,नेपाल प्रेस युनियन दाङका अध्यक्ष सन्तोष सुवेदी,प्रेस सेन्टरका सचिव पाण्डव शर्मा,प्याब्सनका केन्द्रिय सदस्य यादव गिरी,स्वतन्त्र पत्रकार संघको अध्यक्ष जित्सागर जिएम,चलचित्र पत्रकार संघ दाङका अध्यक्ष शिव पुन लगाएतले स्व.रिजाल सामाजिक परिवर्तनको नेतृत्व गर्ने व्यक्ति भएको हुँदा उनको निधनले सिंगो जिल्लालाई अतुलनीय क्षती पुगेको भन्दै दुःख व्यक्त गरे ।
कार्यक्रममा धन्यावाद ज्ञापन स्व.रिजालका नाति डाक्टर प्रभात रिजालले गरेका थिए भने कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासघ दाङका सह–सचिव सर्मिला डिसीले गरेकी थिइन ।
स्व.रिजालको यही मिति २०७७ साल फागुन २७ गते निधन भएको थियो ।
साथै रिजाल परिवारले स्व. बुबाआमाको स्मृतीमा नेपाल पत्रकार महासघं दाङमा १ लाख राशिको टीकामिन स्मृति विकास पत्रकारिता पुरस्कार स्थापना गर्ने घोषणा समेत गरेको छ ।