२०८३ बैशाख २७ गते आइतवार

नया पाइलाले मल्टी ड्रग्स टेस्ट ट्यूबद्धारा निःशुल्क परिक्षण गर्ने

तुलसीपुर,चैत ७ । नया पाइला पुस्थापना केन्द्र सुधार गृह बिजौरी दाङले मल्टी ड्रग्स टेस्ट ट्यूबद्धारा निःशुल्क परिक्षण गर्ने भएको छ ।

शनिवार तुलसीपुर उपमहानगरपालिका वडा नं १८ बिजौरी स्थित हाडिमेमा रहेको सुधार गृहले पत्रकार सम्मेलनको आयोजना गरि यस्तो जानकारी दिएको हो ।

सुधार गृहका निर्देशक सुरेश भुसालको अध्यक्षतामा भएको कार्यक्रममा लागू औषध दुव्र्यसन रोकथाम अभियान नेपालका महासचिव बसन्त पुनले लागू औषध विश्वको चुनौतीका रुपमा देखिएको बताए ।
उनले कानूनको कार्यान्यन र लागु औषध प्रयोगकर्ताको सहि पहिचान हुन नसक्दा यो चुनौतीका रुपमा रहेको बताए ।

पछिल्लो समय स्कुल कलेजमा पढ्ने विद्यार्थीहरु बढी लागु औषधमा फस्ने गरेको बताउदैँ उनले यसलाई न्युनिकरण गर्न युरिनकिटको माध्यमबाट परिक्षण गर्न सकिने बताए ।

लागु औषध प्रयोग गर्ने विद्यार्थी वा कुनै व्यक्तीमा संका लागेमा उनीहरुको अभिभावकलाई खबर गरेर चेक गर्न सकिने उनको भनाई छ ।

उनले तुलसीपुर उपमहानगरपालिका भित्र रहेका हरेक विद्यालयमा यो अभियान लागू गर्न सके लागू औषधमा फसेकाहरुलाई निराकरण गर्न सकिने विस्वास समेत व्यक्त गरे ।

ड्रग्समा फसेकाको सहि पहिचान हुन नसक्दा समस्या भएको हो,उनले भने,अब मल्टी ड्रग्स टेस्ट ट्यूबद्धारा परिक्षण गर्न मद्धत पुग्ने छ ।
उनका अनुसार यो पिसाब संकलन गरेर तुरुन्तै जाँच गर्नुपर्ने हुन्छ ।

कार्यक्रममा नयाँ पाइला पुस्थापना केन्द्र सुधार गृहका सल्लाहाकार तथा महिला अधिकारकर्मी सुस्मा गिरीले लागू औषध न्युनीकरण गर्न नसके विश्वमा यसले विकराल रूप लिने बताइन ।

उनले लागु औषधले समाजमा हिंसा,विकृति विसंगतिलाई निम्त्याएको भन्दै अब यसको न्युनीकरणमा सबैले ध्यान दिनुपर्ने बताइन ।

नयाँ पाइला पुर्नस्थापना केन्द्रले स्थापनाकाल देखि हाल सम्म आउँदा लागु औषधमा फसेका ९ सय बढीलाई पुनस्थापना गरेको छ ।

त्यस्तै २ हजार बढीलाई निःशुल्क तालिम तथा परामर्श दिएको छ भने गरिब तथा बिपन्न परिवारका व्यक्तिलाई प्रत्येक वर्ष १० जनालाई निःशुल्क उपचार गर्दै आएको जनाएको छ ।

पछिल्लो समय सुधार गृह नसा रहित समाज निर्माणमा लागिरहेको र मल्टी ड्रग्स टेस्ट ट्यूबबाट दाङ लगाएत विभिन्न जिल्लाका व्यक्तीहरुलाई निःशुल्क परिक्षण गर्ने भएको छ ।

उक्त कार्यक्रमको सहजीकरण सुधार गृहका प्रेस सल्लाहाकार गोकर्ण पौडेलले गरेका थिए ।

 

प्रकाशित मिति : २०७७ चैत्र ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *