२०८१ चैत्र ९ गते शनिवार

प्रदेशसभा सदस्य घर्ती नेपाल सुहमा लागेपछि शंकर पोखेरेललाई अप्ठेरो

दाङ, चैत ५ । नेकपा एमाले पाल्पाकी प्रदेश सभा सदस्य रमा घर्ती नेपाल पक्षमा गएकी छन् ।यसअघि कतै नखुलेकी घर्ती नेपाल पक्षमा गएपछि त्यसले प्रदेशको राजनीतिक समिकरणमा प्रभाव पार्ने तर्कहरु गर्न थालिएको छ ।

घर्ती सहित हालसम्म नेकपा एमालेका लुम्बिनी प्रदेश सभाका दुई जना सदस्य नेपाल समूहमा गएका छन् ।कपिलवस्तुबाट निर्वाचित सांसद विष्णु पन्थी र हाल घर्ती पनि खनाल– नेपाल समूहको काठमाडौंमा जारी राष्ट्रिय भेलामा सहभागी भएपछि मुख्य मन्त्री शंकर पोखरेलको दिनगन्ति सुरु भएको चर्चाहरु गर्न थालिएको छ ।

नेकपा एमालेको तर्फबाट ४१ जना प्रदेशसभा सदस्य रहेका छन् । लुम्बिनी प्रदेशको सरकार टिकाइ राख्न नेकपा एमालेका ३ सांसद अपुग रहेकोमा दुई जना सदस्य नेपाल समूहमा खुलेर लागेपछि मुख्यमन्त्री पोखरेललाई सरकार टिकाईरहन थप पाँच जना सदस्य खोज्नुपर्ने देखिएको छ ।

८७ सदस्य रहेको लुम्बिनी प्रदेश सभामा सरकार सञ्चालन गर्न ४४ जना सदस्य आवश्यक हुन्छ ।एमालेकै दुई जना सदस्य नेपाल समूहमा लागेपछि अब ओली समूहमा ३९ जना सदस्य मात्रै बच्ने छन् ।जस्ले गर्दा मुख्य मन्त्रीको कुर्सी डगमगाउने अवस्था सृजना भएको एक जना नेकपाका प्रदेशसभा सदस्यले फरककोणलाई बताए ।

प्रदेशसभामा माओवादीबाट २० , जनता समाजवादीबाट ६ र राष्ट्रिय जनमोर्चाबाट १ जना निर्वाचित सांसद छन् ।प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका १९ सांसद छन् ।

प्रकाशित मिति : २०७७ चैत्र ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *