२०८१ जेष्ठ १३ गते आइतवार

नेपाल-खनाल पक्षका सांसदको छुट्टै बैठक

काठमाडौं, चैत ५ । नेकपा एमालेका नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले आफूनिकटका सांसदहरूको भेला राखेका छन्।

ललितपुरको सानेपास्थित होटल हेरिटेज गार्डेनमा आज बिहान १० बजे आफूनिकट सांसदहरूलाई उपस्थित हुन उक्त समूहले भनेको थियो।

प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन्। बालुवाटारमा ११ बजे बैठक बस्दैछ।

उक्त बैठकमा सहभागी नहुने बताएका झलनाथ(माधव पक्षका सांसदहरूले बेग्लै बैठक गर्न लागेका हुन्। उक्त समूहका एक जना सांसदले भेला राखिएको सेतोपाटीलाई बताए।

बुधबारदेखि झलनाथ(माधव पक्षले राष्ट्रिय कार्यकर्ता भेला गरिरहेको छ। आज पनि भेला छ। आफूहरूले भेला गर्ने समयमै पारेर अध्यक्ष ओलीले सल्लाहविनै संसदीय दलको बैठक राखेको भन्दै उपस्थित नहुने उनीहरूले बताउँदै आएका छन्।

अध्यक्ष ओलीले गत फागुन २८ गते केन्द्रीय समितिबाट गरेका निर्णय फिर्ता लिनुपर्ने उक्त समूहले माग गरिरहेको छ।

प्रकाशित मिति : २०७७ चैत्र ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *