२०८१ जेष्ठ १७ गते बिहिवार

प्रकाश ज्वालाले भने – ओली समूहको गुटगत निर्णय आधिकारिक होइन

कर्णालीमा ओली र नेपाल सहुको गुटगट राजनीति

 

दाङ, चैत ४ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ओली समूहले कर्णाली प्रदेशसभा संसदीय दलको बैठक राखेर बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि माधव नेपाल पक्षले त्यसप्रति असहमति जनाएको छ।

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रीसमेत तथा नेपाल समूहका नेता प्रकाश ज्वालाले ओली समूहको गुटगत निर्णय आधिकारिक नभएको बताएका छन् ।

नेता ज्वालाले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै प्रदेशसभा दलको नाममा गुटगत बैठकबाट गरिएको उक्त निर्णय कानुनसम्मत नभएको भन्दै आफूहरुको तर्फबाट सरकारलाई दिएको समर्थन कायमै रहेको उल्लेख गरेका छन् ।

औपचारिक सूचना नदिएर बोलाइएको गुटगत बैठकले गरेका भनिएका निर्णयहरुप्रति आफुहरुको समर्थन नरहने उनले स्पष्ट पारेका छन् ।

नेता ज्वालाले त्यसलई एमाले प्रदेशसभा दलको आधिकारिक निर्णय नभएको उल्लेख गरेका छन् ।

ओली समूहले बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दे आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय समेत गरेको थियो।

 

 

प्रकाशित मिति : २०७७ चैत्र ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *