दाङ, चैत्र ३ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले देशका लागि अवको निकास भनेको निर्वाचन भएको बताएका छन् । नेपाली कांग्रेस दाङले घोराहीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्वोधन गर्दै नेता कोइरालाले देशलाई जटिल परिस्थीतिबाट निकास दिनका लागि निर्वाचन गराउनुपर्ने बताएका हुन ।
नेता कोइरालाले अवको निकासका लागि निर्वाचनको विकल्प अरु नभएको बताएका हुन । यसअघि सरकारले घोषणा गरेको निर्वाचन संविधान विपरित भएकाले कांग्रेसले विरोध गर्नुपरेको बताएका थिए । ‘देशलाई अप्ठेरो परिस्थीतिबाट निकास दिनका लागि अवको बिकल्प भनेको निर्वाचन हो’–केन्द्रीय सदस्य कोइरालाले भने–‘निर्वाचनका लागि दलहरु मिलेर उपयुक्त समय छान्नुपर्छ ।’ उनले निर्वाचन बहुमतको सरकारले गर्न नमिल्ने भएकाले दलहरु मिलेर अल्पमतको सरकार गठन गनुपर्ने समेत बताए ।
नेता कोइरालाले निर्वाचनका लागि मंसिर वा चैत उपयुक्त समय हुने बताए । निर्वाचनका लागि चुनावी सरकारको नेतृत्व कांग्रेसले नै गर्न उपयुक्त हुने बताएका हुन । त्यसका लागि कांग्रेसले पार्टीको महाधिवेशनको मितिलाई ध्यान राख्नुपर्ने समेत बताए । ‘नेपालको परिस्थीतिमा कम्युनिष्टले निर्वाचन गराएको गराएका घट्नाहरु छैनन्,उनीहरुले सकेसम्म निर्वाचन गराउन चाहदैनन्’–नेता कोइरालाले भने–‘त्यसैले कांग्रेसले कांग्रेसले पार्टीको महाधिवेशनलाई ध्यानमा राखेर निर्वाचनको मिति तय गर्नुपर्छ ।’
उनले कांग्रेसलाई सशक्त र बलियो पार्टी बनाउनका लागि कांग्रेसमा नेतृत्व परिवर्तनको आवश्यक रहेको बताए । ‘अहिलेको परिस्थीतिमा कांग्रेस सही रुपमा चल्न सकिन,यसको कारण भनेको नेतृत्व उपयुक्त नहुनु हो’–नेता कोइरालाले भने–‘पार्टीलाई सहि ढंगले अघि बढाउन, कार्यकर्ताहरुको भावना बझ्ने नेतृत्वको अपरिहार्यता छ ।’ आउने महाधिवेशनबाट कार्यकर्ताहरुलाई गुटको भन्दा पार्टीको नेता छान्न समेत उनले आग्रह गरेका थिए ।
कांग्रेस जनताबाट टाढा हुँदा पार्टी कमजोर बन्न पुगेको भन्दै नेता कोइरालाले कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई जनतासँगको दुरी कम गर्न आग्रह गरेका थिए । त्यसका लागि उनले जनताका हरेक दु.ख र सुखमा साथ दिन समेत आग्रह गरेका थिए । त्यसैगरी नेता कोइरालाले जनतालाई कांग्रेसको पक्षमा ल्याएनका लागि शिक्षा र स्वास्थ्य निशुल्क बनाउने नीति बनाएर कांग्रेस अघि बढ्नुपर्ने समेत बताएका थिए ।