२०८१ बैशाख ८ गते शनिवार

अकोराबका अध्यक्ष गिरीलाई रेडियो तुलसीपुरमा सम्मान

तुलसीपुर,चैत ३ । सामुदायीक रेडियो प्रसारक संघ अकोरावका अध्यक्ष अर्जुन गिरीले सामुदायिक रेडियो आम नागरिकको अपेक्षा अनुरुप अगाडि वढने बताएका छन ।

रेडियो तुलसीपुरले मंगलवार आयोजना गरेको स्वागत एबम् सम्मान कार्यक्रममा अध्यक्ष गिरीले सामाज रुपान्तरणमा सामुदायीक रेडियोले खेलेको भुमिका अहम रहेको स्मरण गर्दै सञ्चार माध्यममा लोकप्रिय वनेको रेडियोे आवाजविहिनहरुको आवाज वन्न सफल भएकोमा जोड दिए ।

रेडियो तुलसीपुरका स्टेसन म्यानेजर समेत रहेका गिरीले सामुदायिक रेडियोमा नयाँ नेतृत्व आएसंगै विभिन्न चुनौति भए पनि ति सवैलाई मिलाएर अगाडि वढने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा वरिष्ठ पत्रकार कविर रानाले पछिल्लो समय विभिन्न खालका प्रविधि भित्रिए संगै रेडियोहरु पनि अव थप प्रविधिमैत्रि वन्नुपर्ने बताए ।

उनले यसैलाई मध्येनजर गर्दै जतिसक्यो खोजमुलक विषयमा भएका रिपोटिङ लाई प्रविधि संग जोडन सञ्चारकर्मिलाई आग्रह गरे ।

यस्तै रेडियो तुलसीपुरका समाचार सम्पादक शर्मिला डिसीले हरेक तहमा महिलाको पहूँच अभिवृद्धि गर्न आवश्यक रहेको वताउदै सामुदायिक रेडियो महिलामैत्रि छन छैनन यसतर्फ विषेश ध्यान दिन नयाँ नेतृत्वलाई आग्रह गरिन् ।

रेडियो तुलसीपुर सञ्चालक समितीका वरिष्ठ सदस्य पूर्ण भण्डारीको अध्यक्षता एवं नेपाल प्रेस युनियनका सल्लाहकार तथा वरिष्ठ पत्रकार कविर रानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम भएको थियो ।

समितिका सदस्य जनक प्रसाद खरालको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण महासचिव महेन्द्र लामिछानेले गरेका थिए ।

 

प्रकाशित मिति : २०७७ चैत्र ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *