२०८१ बैशाख १९ गते बुधवार

सल्यान बाणिज्य संघको अध्यक्षमा बुढाथोकी निर्वाचित


दाङ, चैत १ । सल्यान उद्योग वाणिज्य संघमा कुमार बुढाथोकी निर्वाचित भएका छन् । आइतबार बेलुका सकिएको मतगणनाको परिणाम अनुसार प्रतिपर्धी राजेन्द्रकुमार थापा भन्दा ९९ मत बढी प्राप्त गरि बुढाथोकी संघको अध्यक्षमा विजयी भएका हुन । बुढाथोकीले एक हजार २७ मत प्राप्त गरेका थिए भने भने थापाले नौं सय २८ मत प्राप्त गरेका थिए ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा बिरेन्द्रकुमार श्रेष्ठ एक हजार ४७ मत, बाणिज्य उपाध्यक्षमा भरतकुमार बस्नेत एक हजार एकसय १२ मत, उद्योग उपाध्यक्षमा प्रेमबहादुर पुन नौं सय ५३ मत, महासचिवमा मोहन सारु नौं सय ६७ मत, सचिवमा सुरेशकुमार केसी नौं सय ८० मत र कोषाध्यक्षमा सुरेन्द्र बुढा एक हजार दूई मत प्राप्त गरि बिजयी भएका छन् ।

त्यस्तै सदस्यहरु मध्य एक जना बाहेक अरु सबै संयुक्त प्यानलबाट निर्वाचित भएका छन ।एकजना निरज सिंह एकजना मात्रै प्रगतिशिल प्यानलबाट निर्वाचित भएका छन ।

प्रकाशित मिति : २०७७ चैत्र १ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *