२०८१ जेष्ठ १३ गते आइतवार

खनाल–नेपालसहितका नेताहरुले भने – ओली प्रबृतिको डटेरै सामाना गर्छौं

दाङ, चैत १ । नेकपा एमालेका झलनाथ खनाल–माधव नेपाल समूहका ११ जना नेताले अध्यक्ष केपी शर्मा ओलीमाथि दक्षिणपन्थी विर्सजनवादीको आरोप लगाएका छन् ।बरिष्ठ नेता द्धय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीमबहादुर रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव त्रय भीमप्रशाद आचार्य, गोकर्ण बिष्ट र योगेश भट्टराई र स्थायी कमिटी सदस्यहरु मुकुन्द न्यौंपाने र सुरेन्द्रप्रशाद पाण्डेले संयुक्त बिज्ञप्ति मार्फत ओली प्रबृतिको बिरुद्ध डटेर संघर्ष गर्ने चेतावनी दिएका छन् ।

आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले ओलीले पार्टी विधान विपरित अराजक, स्वेच्छाचारी कदम चालेको उल्लेख गर्दै त्यसका बिरुद्ध डटेर संघर्ष गर्ने उल्लेख गरेका छन् । उनीहरुले ओली समस्याहरुको निराकरण गर्दै पार्टीलाई विसर्जन र विघटनबाट बचाउन संघर्ष गर्ने स्पष्ट पारेका छन् ।

विज्ञप्तिमा उनीहरुले पुनर्जिवित पार्टीलाई क्रान्तिकारी रुपमा पुनर्गठन गर्ने अभिभारा पुनः आफुहरुको काँधमा आएको उल्लेख गरेका छन् । उनीहरुले केपी ओली गुटका अवैधानिक, अलोकतान्त्रिक र स्वेच्छाचारी कृत्यहरुलाई पराजित गरेरै छाड्ने दृढता ब्यक्त गरेका छन् ।

प्रकाशित मिति : २०७७ चैत्र १ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *