काठमाडौं,फागुन २८ । पत्रकार सुशील शर्माको निधन भएको छ ।
६३ वर्षका शर्माको काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा शुक्रबार दिउँसो २ बजेर १० मिनेटमा निधन भएको परिवारका सदस्यले बताएका छन् ।
उनले लामो समय बीबीसीमा काम गरेका थिए । शर्माका श्रीमती र १ छोरा रहेका छन् ।
उनको शुक्रबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने परिवारको तयारी छ ।
प्रकाशित मिति : २०७७ फाल्गुन २८ गते शुक्रवार